कोरिया स्थित जी मनीको शाखा विस्तार
बिहीबार, ३१ जेठ २०७५, १६ : ३१
काठमाडौं- अटो डेबिट मोबाइल एप र अटो सेन्ड कार्डमार्फत सहज सेवा दिदै आएको जी मनी ट्रान्सले यही जुन १४ बाट कोरियाको जिम्हेमा पनि नयाँ शाखा सहित सेवा सुरु गर्ने भएको छ । यसअघि कम्पनीले अन्सन र डोनडागेमुनबाट शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा दिदै आएको थियो ।
अब नया शाखा खुलेसंगै Gimhe, Busan , Daegu yangsan, Ulsan , Miryang, Haman , Shinju लगायतका सेवाग्राही लाभान्वित हुने बिश्वास लिइएको छ ।
जी मनी ट्रान्स कोरिया बाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट १० मिनेटमै प्राप्त गर्न सकिन्छ भने नेपालका सम्पूर्ण बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।