शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फर्किए परराष्ट्रमन्त्री

बिहीबार, ३१ जेठ २०७५, १६ : २३
बिहीबार, ३१ जेठ २०७५

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग ९थिंक ट्यांक०को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्किएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए । 

समझदारीपत्रमा आफू र आफ्ना मंगोलियाली समकक्षी दामदिन सोटाबाटरले हस्ताक्षर गरेको जानकारी दिँदै उनले मंगोलियाका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेको बताए । 

गत मंगलबार सम्पन्न थिंक ट्यांकको सम्मेलनले भूपरिवेष्टित विकासशील मुलुकहरुमा प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक विविधीकरण, सूचना तथा सञ्चार प्रविधिसहितको सम्पर्क विस्तार, पूर्वाधार निर्माण, पारवहन यातायात मार्ग र व्यापार सहजीकरणलाई जोड दिएको मन्त्री ज्ञवालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप