केन्द्रीय संस्करण

ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिटेन्स सम्झौता

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं– ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच बिहिबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । 
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे । 
 ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । 
हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन् ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ