शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

बिहीबार, ३१ जेठ २०७५, १५ : २७
बिहीबार, ३१ जेठ २०७५

एजेन्सी– मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएका छन् । 

उनलाई करिब महिनादनि मात्र अघिपनि उक्त निकायमा उपस्थित गराइएको थियो । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई बिहीबार उक्त निकायले भ्रष्टाचारको विषयमा प्रश्न गरेको जनाइएको छ । 

सरकारी लगानीको एक कम्पनी एमडिबीमा लगानीको विषयमा उनको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो । सोही विषयमा उनीमाथि प्रश्न गरिएको हो । 

उनीमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब चार करोड २० लाख मलेसियल रिङ्गीट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ । 

उनीमाथि उक्त खाताको विषयलाई लिएर अनियमितताको प्रश्न उठेको छ । उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्नपनि सक्ने बताउँदै आइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप