बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चार दिने चीन भ्रमण तय : के–के हुन्छ सम्झौता ?

बिहीबार, ३१ जेठ २०७५, १४ : ४०
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले जुन १९ देखि २२ तारिख ( असार ५ देखि ८ गते) सम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् । 

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परम्परागत र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउँदै परिवर्तित सन्दर्भमा अझ माथि उठाउन भ्रमण केन्द्रीत हुने बताए । 

उनले यसअघि नेपालका प्रधानमन्त्रीको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपेको भन्दै त्यसबेला भएका सम्झौता कार्यान्वयनको चरणमा लैजान यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमार तान्स हिमालय कनेक्टीभिटिलाई मूर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर हुने भएका छन् । 

त्यसमध्ये वर्षा याममा अवरुद्ध हुदै आएका नेपाल चीन नाका सञ्चालन गर्ने विषयमा छलफल गर्ने तयारी भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी

गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपूर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।

नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरद्ध हुँदा ती नाकाबाट खाद्यान्न लगायतका सामान ढुवानीमा समस्या हुँदै आएको छ । 
 

के–के हुन्छ सम्झौता ?
–रसुवामा बन्न लागेका दुईवटा पुलबारे सम्झौता गर्ने । 
–क्रस बोर्डर ट्रन्समिसन लाइन सम्झौता गरिने जसले उर्जा क्षेत्रमा एक हजार मेगावाट विजुली उत्पादन गर्ने । त्यसमा चिनियाँ र बुुटवल पावर कम्पनीको सहकार्य हुने । –कृषि र पशुपालनाका क्षेत्रमा सम्झौता हुने ।

भ्रमण कार्यतालिका 
पहिलो दिन– दूतावासको कार्यक्रममा सहभागि 

दोस्रो दिन– चाइनिज विजनेस कमिटी (सिसिटिआइपी) सँग छलफल गर्ने । सो छलफलमा उर्जालगायतका विषयमा सम्झौता गरिने । सोही दिन उच्चस्तरीय भेटघाट हुने । 

तेस्रो दिन– नेपाल पर्यटन भ्रमण बर्ष २०२० कार्यक्रममा सहभागि हुने । त्यसै दिन चिनियाँ प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने । 

चौथो दिन– २२ तिब्बतियन स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरीसँग भेटघाट तथा तिब्बतका केही क्षेत्रको भ्रमण गर्ने । सोहि दिन स्वदेश फर्किने ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने दाबी गरेको छ । ‘यो भ्रमणलेनेपाल चीनबीचको सम्बन्धमा थप उचाई मिल्छ भन्ने हाम्रो बुझाई छ,’ पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने । 

प्रधानमन्त्रीको टोली एक नीजि एयरलाइन्सबाट चीन जाने भएको बताइएको छ ।  यसअघि प्रधानमन्त्रीको चीन भ्रमणबारे  परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ६ दिने हुने भनेकोमा आज आयोजित पत्रकार सम्मेलनमा  भ्रमण तालिका छोट्याउँदै  ४ दिने भएको जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप