शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी मनाईयो रक्तदान दिवसः तस्विरमा हेरौं

बिहीबार, ३१ जेठ २०७५, १४ : २१
बिहीबार, ३१ जेठ २०७५

काठमाडौ– आज रक्तदान दिवसका अवसरमा देशभर रक्तदान कार्यक्रमको आयोजना  गरिएको छ । नेपालमा नियमित रक्तदान गर्नेको संख्या अहिलेसम्म ६० हजार मात्रै रहेको छ । यो अपुग संख्या हो । दैनिक रगत अभाव हुँदा तोकेको समयमा बिरामीलाई रगत पाउन निकै मुस्किल पर्छ । 

नेपालको जनसंख्या अनुसार नियमित रक्तदान गर्नेहरुको संख्या एकलाख नागरिक हुनुपर्छ ।  रगत  अभावको कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्था,यूवाहरुले रक्तदात कार्यक्रम आयोजना गरेका छन्  ।  नेपालको पहिलो परोपकार प्रसूतिगृह थापाथलीले पनि दिवसको अवसरमा रक्तदात कार्यक्रमको आयोजना गरेको छ । 

अस्पतालमा रगत अभाव नहोस भन्ने उदेश्यले रक्तदात कार्यक्रमको आयोजना गरिएको प्रसूतिगृहका रक्तसंचार शाखाका प्रमुख पुरुषोत्तम दाहालले बताए ।  अस्पतालको रक्तदान कार्यक्रममा ,अस्पताल प्रमुख लगायतगरि ५० भन्दा धेरै कर्मचारी तथा चिकित्सक,नर्सहरुले रक्तदान गरेका थिए । 

बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउसोको १ बजे सम्म आयोजना गरिएको थियो । प्रसूतिगृहमा दैनिक ६० पोका होलब्लडको माग भएपनि भने प्रयोग ३० पोका मात्रै हुदै आईरहेको प्रमुख दाहालले बताए । 

यस्तै रक्तदान दिवसको अवसरमा नयाँ बानेश्वरको के एण्ड के कलेजमा युवाहरुले पनि रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । यूथ फर ब्लड नामक संस्थाका राष्ट्रिय अध्यक्ष अतित गुरागाईको नेतृत्वमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

यो संस्थाको शाखा रहेको अन्य ६ जिल्लामा पनि रक्तदान कार्यक्रम गरे आज एक हजार प्रिन्ट फ्रेस ब्लड संकलन गर्ने योजना रहेको अध्यक्ष गुरागाईले बताए । माग अनुसार यूथ फर ब्लड नामक संस्थाले बिरामीलाई ब्लड दिदै आईरहेको छ ।  यूवाहरुले विशेषत रक्तदानको कार्यक्रमलाई प्राथमिकता दिन सकेको खण्डमा ब्लड अभाव हुने समस्या समाधान हुने गुरागाईले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप