शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी फाउण्डेसनद्वारा शुद्ध खानेपानी प्रणालीको व्यवस्थापन

बिहीबार, ३१ जेठ २०७५, १४ : ००
बिहीबार, ३१ जेठ २०७५

चितवन–चौधरी फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । 
पाmउण्डेसनले अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । 
चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहिबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरे ।
उनले समाजसेवा आफ्नो कार्यसूचिको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै साना साना बालबालिकाहरूका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाउन पाउदा खुसी लागेको बताए । 
फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो । जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । यस खानेपानी प्राणालीवाट स्थानीय वासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ । 
यसैगरि जीर्ण अवस्थामा रहेको स्कूललाई फाउण्डेसनले रंगरोगन गरि चिटिक्क पारिएको छ । यसअघि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला बितरण गरीएको थियो । खानेपानी प्रणाली जडान कार्यमा प्लानेट वाटर फाउण्डेशनसँग सहकार्य गरिएको हो ।
विद्यालयकी प्रधान्याध्यापक शोभा कुमालले शुद्ध खानेपानी व्यवस्था गरि आफ्ना विद्यार्थीको शिक्षा र स्वास्थ्यमा योगदान पु¥याएकोमा चौधरी फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरिन् ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप