शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रंगकर्मी केदारको नाटक ‘उपियाँको निवन्ध’ कलकत्तामा मञ्चन हुने

बिहीबार, ३१ जेठ २०७५, १३ : ४३
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं – भारतको कलकत्तामा आयोवना हुने इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ । 

थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को सो नाटक १८ जुन साँझ ६ बजे कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ ।

कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने सो नाट्य महोत्सव १७ जुनदेखि २१ जुनसम्म हुँदैछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी हुने नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन हुनेछन् ।

कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नाटक ‘उपियाँको निवन्ध’को ४० औं मञ्चन हुनेछ । यसअघि प्रेरणा विद्याश्रमले नै २०६८ मा रुसी साँस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो । 

स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ । 

कलकत्तामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरु सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गर्नेछन् । २० जनाको नाट्य टोली विहिबार महोत्सवमा सहभगी हुन भारततर्फ प्रस्थान गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप