मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकले स्विकार्योः प्रयोगकर्ताको किबोर्ड र माउसको गतीमा निगरानी, फोनको ब्याट्रि कति छ त्यो पनि थाहा

बिहीबार, ३१ जेठ २०७५, १२ : ३२
बिहीबार, ३१ जेठ २०७५

क्याम्ब्रिज एनालिटिका डेटा लिक विवादपछि उब्जिएका प्रश्नमाथि फेसबुकले अमेरिकी संसदको उच्च सदन यूएस सिनेटलाई जवाफ दिएका छन् । जसमा उनले प्रयोगकर्ताको नीजि जानकारी, रुचीको विषय जान्नका लागि कम्प्युटरको किबोर्ड र माउसको गतिविधीसमेतमा निगरानी गर्दछ । अर्थात्, यदि तपाईंको कम्प्युटरमा फेसबुक लगइन छ भने तपाईंको हरेक क्लिक र किबोर्डको हरेक प्रयोगको खबर फेसबुकसम्म पुग्छ । यो जानकारीमार्फत फेसबुकले प्रयोगकर्ता कस्तो प्रकारको कन्टेन्टमा कतिबेरसम्म अडिन्छ भन्ने पत्ता लगाएर ती प्रयोगकर्तालाई विज्ञापन सम्प्रेषण गर्ने गर्दछ ।

चार सय ५४ पानामा दुई हजार प्रश्नको जवाफ दिइयोः

क्याम्ब्रिज एनालिटिका डेटा लिकपछि फेसबुकको प्राइभेसी पोलिसीमाथि लगातार प्रश्न तेर्साइएको छ । यूएस सिनेटमा फेसबुकका सिइओ मार्क जुकरवर्गमाथि प्रश्न सोधिएको थियो । केही प्रश्नको तत्काल उत्तर दिइएको थियो भने केहीका लागि जुकरवर्गलाई समय दिइएको थियो । यस्ता दुई हजार प्रश्न सोधिएको थियो । फेसबुकले चार सय ५४ पानामा दुई हजार प्रश्नको जवाफ दिएको थियो ।

प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ फेसबुकः

डिभाइस इन्फर्मेशनः तपाईं जुन कम्प्युटर, मोबाइल वा डिभाइसबाट फेसबुक लगइन गर्नुहुन्छ, त्यसको जानकारी फेसबुकलाई हुन्छ । जस्तैः मोबाइलमा कति स्टोरेज बाँकी छ, कस्ता कस्ता फोटो छन्, कसको नम्बर सेभ गरिएको छ,  आदि ।

एपबारे जानकारीः फेसबुकलाई प्रयोगकर्ताको डिभाइसमा कस्ता एप इन्स्टल गरिएको छ, त्यो पनि थाहा हुन्छ । प्रयोगकर्ताले कुन एपलाई कति समय दिन्छ त्यो पनि फेसबुकलाई थाहा हुन्छ । यसबाट पाइने जानकारीलाई फेसबुकले डेटाबेसमा प्रयोगकर्ताको प्रोफाइलसँग सेभ गर्ने गर्दछ ।

डिभाइस कनेक्सनः फेसबुकलाई थाहा हुन्छ कि प्रयोगकर्ताले कुन नेटवर्क प्रयोग गरिरहेको छ । कुन वाइफाइ चलाइरहेको छ । फेसबुकले डिभाइस जिपिएसमा पनि निगरानी राख्छ जसमार्फत उसलाई प्रयोगकर्ताको स्थानबारे जानकारी हुन्छ ।

ब्याट्री कति छ ?

प्रयोगकर्ताको डिभाइसको ब्याट्रि लेभललाई पनि फेसबुकले निगरानी गर्छ । यसबाट फेसबुक एपले प्रयोगकर्ताको ब्याट्रि धेरै खाइरहेको छ कि भनी अनुसन्धान गर्छ । त्यस हिसाबले एपकलाई अपडेट गरिन्छ ।

क्यामराबारे जानकारीः

फेसबुकले थुप्रै पटक अस्विकार गरेपछि अन्ततः क्यामरा र माइक्रोफोनमाथि निगरानी राखेको कुरालाई स्विकार गरेको छ । यसरी फेसबुकले एपमाथि फिल्टर र अन्य फिचर प्रस्ताव गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप