शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साईप्रसमा नेपाल मगर सघं गठन

बिहीबार, ३१ जेठ २०७५, १२ : १९
बिहीबार, ३१ जेठ २०७५

साईप्रस ।  युरोपेली मुलुक साईप्रसमा नेपाल मगर सघंको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाले खगेन राना मगरको अध्यातामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरको छ । 
जसको बरिष्ठ उपाध्यक्षमा कालिका थापामगर, उपाध्यक्ष प्रदिप दर्लामी मगर ,महासचिव ज्ञान बलाल मगर ,सचिवमा बिना आलेमगर छन् भने सदस्यहरुमा सुनिता थापा मगर ,जुना आलेमगर ,रेणुआलेमगर लगाएत चयन भएका छन् ।
सोही सभाले चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको महासचिव ज्ञान बलाल मगरले जानकारी दिईन् । कार्यक्रममा नेपाली राजदुतावास ईजरायलका तृतिय सचिव कमल प्रसाद कोईराला, नेपाली बाणिज्यदुतावास साईप्रसका प्रमुख डा. रामजिवन पंजीयार, गैरअवासीय नेपाली सघं साईप्रसका अध्यक्ष सुबास मल्ल, नेपाली जनसम्पर्क समितिकी अध्यक्ष सिता अर्याललगायतको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप