बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दूध डेरीमाथि मन्त्री खनालले अघि बढाए कारबाही प्रक्रिया

बुधबार, ३० जेठ २०७५, २१ : ०९
बुधबार, ३० जेठ २०७५

काठमाडौं । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने दुध डेरीमाथि कृषिमन्त्री चक्रपाणी खनालले कारबाहीको प्रक्रिया अगाडि बढाएका छन् । मन्त्री खनालले २५ दुध डेरीलाई स्पष्टीकरणको लागि बोलाएका छन् । 

कृषिमन्त्री चक्रपाणी खनालले जेठ २८ गते सोमबार काठमाडौंको बालाजु क्षेत्रका दुग्ध विकास संस्थान, आधुनिक डेरी, पुष्प डेरी र सामूहिक कृषक डेरी उद्योगमा निरीक्षण अनुगमन गरेका थिए । 

अनुगमनको क्रममा प्याकेटमा उत्पादन मिति नदेखिएका, स्तरीय गोदाममा भण्डारण नगरिएका शंकास्पद धुलो दुधको प्रयोगशाला परिक्षणको लागि नमूना संकल गरी ल्याइएको थियो । 

कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. योगेन्द्र कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकाका विभिन्न स्थानबाट २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमूना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण हुँदा १७ नमूनामा चिल्लो वस्तुमा कमी, ९ नमूनामा चिल्लो बाहेकको ठोस वस्तमा कमी रहेको र बाँकीमा सोडा पाइएको छ । 

सोही अनुरुप मन्त्रीको निर्देशनमा २५ दुध डेरीहरुलाई स्पष्टीकरणको लागि बोलाइने भएको प्रवक्ता कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप