बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुण्डा नाइके ‘स्याल’ भनेर चिनिने सञ्जिव लामा समातिए

बुधबार, ३० जेठ २०७५, २० : ३५
बुधबार, ३० जेठ २०७५

काठमाडौं । गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा मंगलबार प्रहरीले लामालाई पक्राउ गरेको हो । 

आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको जाहेरपछि काभ्रेका लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो ।

लामा नोला लाउञ्ज एण्ड बारका सञ्चालक हुन् । उनले आफ्नै होटलमा काम गर्ने युवतीले आफूलाई बलात्कार गरेको जाहेरी वृतमा दिएकी हुन् । 

प्रहरीले लामामाथि गम्भिर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए । 

पटक–पटक पक्राउ पर्दै छुट्दै आएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् । नेपाली कांग्रेस निकट रहेका लामा पक्राउ परेपछि कांग्रेस र नेकपाका नेताहरुले उनलाई छुटाउन दवाब दिईरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप