शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना निवेदन सर्वोच्चद्वारा अस्वीकृत

बुधबार, ३० जेठ २०७५, २० : २६
बुधबार, ३० जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई दर्ता गर्न खोजिएको अवहेलना मुद्दाको  निवेदन अस्वीकृत भएको छ । ज्यान मारेको अभियोगमा थुनामा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अबहेलना गरेको दाबीसहित बरिष्ठ  अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको निवदेनलाई सर्वोच्च अदालतले अस्वीकृत गरेृको हो ।

बुधबार अवहेलना मुद्दाको निवेदन दर्ता गर्न पुगेका अधिवक्ता भण्डारी अदालतका निवेदन मुद्धा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी निवदेन अस्वीकृत गरेका हुन् ।

अधिवक्ता भण्डारीले ढुंगेलको कैद मिनाहा गरेर प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दिने तयारी गरेका थिए । तर महाशाखा प्रमुख पन्थीले गरेको दरपीठमा कैदीहरुको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट निवेदन अदालतमा विचाराधीन रहकै अवस्थामा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने जनाइएको छ । 
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप