बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा पिसाब गर्न जाँदा करेन्ट लागेर युवकको मृत्यु

बुधबार, ३० जेठ २०७५, २० : १२
बुधबार, ३० जेठ २०७५

-बिन्दु कुमार चौहान 

लुम्बिनी । रुपन्देहीमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार पिसाब गर्न जान लाग्दा १६ वर्षीय पशुपति राजभरको मृत्यु भएको हो ।

मध्यराति छतमा सुतिरहेको बेला पिसाब गर्न जाँदा छत माथिबाट तानिएको बिजुलीको तारमा टाउको छोएपछि निजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक महेन्द्र पौडेलले बताए ।  

यसैगरी रुपन्देहीको गैडहवा गाँउपालिका–३ पोहवास्थित सवारी दुर्घटनामा २० बर्षीय रामकमल कुर्मीको ज्यान गएको छ । 

निजले चलाएको लु३त २२४० नं. को ट्रयाक्टर पल्टिँदा च्यापिएर घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ । 

मृतकहरुलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई प्रारम्भिक अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप