बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जडिबुटिमा ट्रिपरमाथि आगजनी गर्ने दुई जना प्रहरी फन्दामा

बुधबार, ३० जेठ २०७५, २० : ०२
बुधबार, ३० जेठ २०७५

काठमाडौं । राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै ट्रिपरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुरज खड्का र कमल राई रहेका छन् । सिन्धुपाल्चोक घर भएका खड्का जडिबुटी बस्दै आएका छन् भने सोलुखुमबु घर भएका राई लोकन्थली बस्दै आएका थिए । 

बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । 

दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । 

आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ ।  दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको  छ भने उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । आषिशको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप