बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले छाड्न आदेश दिएलगत्तै फेरि समातिए भीएलएन सञ्चालक श्रेष्ठ

बुधबार, ३० जेठ २०७५, १९ : ३७
बुधबार, ३० जेठ २०७५

काठमाडौं– जिल्ला अदालत काठमाडौंले वैदेशिक रोजगार कम्पनी वाइड स्पेश मेनपावरका सञ्चालक राम श्रेष्ठलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । तर अदालतले छाड्न आदेश दिए पनि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको छ । 

वैदेशिक रोजागारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा केही दिनअघि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर बस्नेतको एकल इजलासले श्रेष्ठलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले बताएको छ । श्रेष्ठमाथि भिसा स्ट्यापिङका लागि भीएलएन खडा गरेर आर्थिक कारोबार गरेको आरोप लाग्दै आएको छ । 

प्रहरीले पक्राउ गरेलगत्तै उनलाई सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप