शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले गर्यो अपांग संघलाई सहयोग

बुधबार, ३० जेठ २०७५, १९ : ०१
बुधबार, ३० जेठ २०७५

काठमाडौं– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को १६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ललितपुरको वुङ्गमती, कार्यविनायकमा अवस्थित अपाङ्ग सेवा संघलाई सहयोग प्रदान गरेको छ । 

फाइनान्सले सो संघमा आश्रित दृष्टिबिहिन, बहिरा, सुस्त मनस्थिति र शारीरीक अशक्तता जस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक खाद्यान्न १ वर्षको लागि प्रत्यक्ष रुपमा खाद्यान्न अनुदान प्रदान गर्ने गरी सम्झौता गरेको जनाइएको छ । संस्थाले निक्षेप संकलन रु.२ अर्ब ८६ करोड तथा कर्जा रु.२अर्ब ४५ करोड प्रवाह गरी रु. ५ करोड ३१ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. १० करोड ६० लाख रहेको छ । यसको प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, कान्ती राजपथ हेटौडा, आदर्श नगर विरगञ्ज, चारआली विर्तामोड,थानारोड दमक, कलैया बजार बारा,मेनरोड जीतपुर,कदम चोक जनकपुर,शहीद चोक नारायणघाट चितवनमा रहेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप