शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एसिया बैंकले विस्तार गर्यो दुई नयाँ शाखा

बुधबार, ३० जेठ २०७५, १८ : ५१
बुधबार, ३० जेठ २०७५

काठमाडौं– एनआइसी एसिया बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । सो बैंकले  कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा नयाँ शाखा विस्तार गरेको हो । वेदकोट शाखाको उद्घाटन बुधबार वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द र सम्सी शाखाको उद्घाटन सम्सी गाउँपालिकाका प्रमुख  मो.शेह फारुकले गरेका थिए ।

एनआइसी एसिया बैंकका यी शाखासहित अब २२४ शाखा कार्यालयहरु भएका छन् भने २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग शाखा भएका छन् । एनआइसी एसिया बैंक धेरै शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप