शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य स्वयम सिंगो पत्रकारिताको हत्या गर्ने षडयन्त्र गरिरहेको छः आचार्य

बुधबार, ३० जेठ २०७५, १८ : १९
बुधबार, ३० जेठ २०७५

काठमाडौं– नेपाल पत्रकार महासंघले राज्य आफैंले सिंगो पत्रकारिताको हत्या गर्ने षडयन्त्र गरिरहेको गम्भिर आरोप लगाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्य आफैं पत्रकारिताको हत्या गर्न लागि परेको गम्भिर आरोप लगाएका हुन् । 

बुधबार ललितपुरमा आयोजित ‘डिफेन्डिङ जर्नालिज्म’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राज्य आफैं मिडिया चलाउने खुलेआम निर्णय गरेर पत्रकारिताको हत्या गर्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन पनि पत्रकारहरुलाई आग्रह गरे । 

अध्यक्ष आचार्यले पत्रकारिताको आलोचनात्मक चेतलाई नै हत्या गर्ने षडयन्त्रविरुद्ध एकजुट हुन पनि सबै पत्रकारहरुलाई आह्वान गरे । उनले लोकतन्त्रमा संस्थाहरु बलिया नभए मनपरी तन्त्र सुरु हुने अवस्था आउने पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रतिक प्रधानले केपी ओली नेतृत्वको वर्तमान सरकारले पत्रकारितामाथि अकुंश लगाउने कोशिस गरिरहेको अनुभूति आफूलाई भइरहेको बताए । उनले पत्रकारहरुले सामाजिक सञ्जालमा समेत आलोचनात्मक टिप्पणी गर्ने अवस्था नरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले संविधानले नै अभिव्यक्ति स्वतन्त्रता हनन् हुनेगरी कानुन बनाउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसमा सचेत हुन पत्रकारहरुलाई आह्वान गरे । उनले सामाजिक सदभावको नाममा पनि पत्रकारितामाथि अंकुश लगाउने प्रावधान आउन सक्ने खतरा रहेको औंल्याए ।

पुस्तकमा नेपालमा प्रेस स्वतन्त्रता खतरामुक्त अवस्थामा नरहेको चर्चा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप