केन्द्रीय संस्करण

२९ असारबाट ‘यो माया कस्तो माया’

person access_timeजेठ ३०, २०७५ chat_bubble_outline0

काठमाडौं – ‘प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन’ भन्ने बिषयमा बनेको चलचित्र ‘यो माया कस्तो माया’ २९ असारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा निर्माण युनिटले यसको प्रचार प्रसार ब्यापक बनाएको छ । 
भुषण आनन्द ठकुरीको निर्देशन रहेको चलचित्रमा दिवस धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युबराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शंकर महर्जन, सुर्यमान गुरुङ, महेश दाहाल, रोशन दाहाल, किरण राइ, दीपेन बस्नेत, बिकास पोख्रेल, नीतु कोइराला लगायतको अभिनय रहेको छ । ठकुरीको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
पहिलो भएपनि आफुले उत्कृष्ट काम गरेको निर्देशक ठकुरीले बताए । ‘ निर्देशन पहिलो हो । तर म यो क्षेत्रका लागि नयाँ होइन’ ठकुरीले भने ‘सहायक निर्देशक भएर दशक बिताएको अनुभव चलचित्रमा उतारेको छु ।’
चलचित्रको कथा पनि निर्देशक ठकुरी आफैँले लेखेका हुन । अर्जुन पोखरेलको संगति, शंकर महर्जनको द्वन्द्ध, कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन छ ।
काठमाडौं, दोलखा र दार्जलिङका दृश्य समेटिएको चलचित्रमा दर्शकले मन पराउने निर्माता किसानको भनाई रहेको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ