बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने

बुधबार, ३० जेठ २०७५, १७ : २४
बुधबार, ३० जेठ २०७५

काठमाडौं– आगामी असार १, २ र ३ गते ललितपुरमा विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुने भएको छ । विज्ञान, सूचना र प्रविधिको क्षेत्रमा कार्यरत जनशक्तिको पहिचान गरी उनीहलाई राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा युवा सम्मेलन आयोजना गर्न लागिएको हो । 

सम्मेलनले प्रविधिको क्षेत्रका कार्यरत जनशक्तिहरुको पहिचान गरी मुलुक निर्माणमा लगाउन ठोस योजना तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए । सम्मेलनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको विकासका लागि आवश्यक प्राविधिक जनशक्तिको पहिचान गराउन पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । 

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ । मुलुकको विकास र समृद्धिका लागि अवको १० वर्षमा विज्ञान, प्रविधिको क्षेत्रमा आवश्यक लगानी र त्यसको परिणामको बारेमा सम्मेलनमा घनिभूत छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप