शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२.८१ अंकले बजार बढेपनि कारोबार खुम्चियो

बुधबार, ३० जेठ २०७५, १६ : १७
बुधबार, ३० जेठ २०७५

काठमाडौं–बुधबार सेयर बजार २.८१ अंकले बढेको छ । ०.२३ प्रतिशतले बढेको बजार १२४२.०७ अंकमा आएर अडिएको हो । 

१६१ कम्पनी सामेल आजको बजारमा २० करोड ८५ लाख रुपैयाँँ बराबरको सेयर कारोबार भएको छ । 

अन्य समुह बाहेक सबै समुहमा हरियाली छ । बजार बढेपनि कारोबार रकम भने बढ्न सकिरहेको छैन ।

लगातार घटेको बजारमा सेयर भएकाहरुले घाटा खाएर बेच्न चाहिरहेका छैनन भने किन्नेले पनि अझै बजार घट्ने होकी भन्ने त्रासमा रहेको अहिलेको कारोबार भोल्यूमले देखाउँछ । 

अर्कोतर्फ हकप्रद र बोनस सेयरमा पनि पुँजीगत लाभकरका विषयमा लगानीकर्तामा अन्यौल देखिन्छ । 

बिमा समुह १८.६६ अंकले बढेको छ भने होटल समुह १७.६४ अंकले बढेको छ । 

जलविद्युत समुह ८.२४ अंकले बढेको छ । आज सबैभन्दा बढी गरिमा लघुवित्त वित्तिय संस्थाको १ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेपाल लाइफ इन्सुरेन्सको १ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने तेस्रोमा मेगा बैंकको बढी कारोबार भएको छ । 

मेगाको १ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप