शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बिच सहकार्य

बुधबार, ३० जेठ २०७५, १३ : ३७
बुधबार, ३० जेठ २०७५

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटी बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे । 
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकवर्गहरूलेनेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन् । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका  आफ्ना७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाटकरिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाईआधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप