बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिधा प्रश्न’ कार्यक्रम बन्द प्रकरणमा  बोल्यो एनटीभी

बुधबार, ३० जेठ २०७५, १२ : २१
बुधबार, ३० जेठ २०७५

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति नेपाल टेलिभिजनले खण्डन गरेको छ ।
 

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको रातोपाटीलाई बताएका छन् । 

‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ । 

यसअघि उक्त कार्यक्रम मन्त्री बास्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले बताएका थिए । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप