बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकको एफपिओ आजबाट खुल्यो

बुधबार, ३० जेठ २०७५, ११ : ४२
बुधबार, ३० जेठ २०७५

काठमाडौं–एनएमबी बैंकको एफपिओ (फर्दर पब्लिक अफरिङ)  आजबाट निष्काशन खुला भएको छ । बैंकले जेठ ३० गते (आज) देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन खुला गरेको हो । 
बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो । यस एफपिओका लागि असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि यस अवधिमा आवश्यक आवेदन नपरेको अवस्थामा भने असार २६ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । 
आवेदन सि— आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट दिन सकिनेछ । बैंकले संस्थापक र सर्वसाधारण क्रमश ५१ः४९ को अनुपात बनाउन एफपिओ निष्काशन गरेको हो । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९.९ रुपैयाँ प्रतिसेयर आम्दानी छ भने  १६१.२१ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप