बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता १० मौका जब हात मिले तब बन्यो इतिहासः कुनै सफल रहे, कतिले निम्त्यायो युद्ध

बुधबार, ३० जेठ २०७५, ११ : २७
बुधबार, ३० जेठ २०७५

बीबीसी

किम जोंग–उन र डोनल्ड ट्रम्पले सिंगापुरमा क्यामरा सामुन्ने हात मिलाए र मुस्कान साटासाट गरे । उनीहरु उत्तर कोरिया र अमेरिकाका पहिलो नेता बनेका छन् जसले राष्ट्राध्यक्ष हुँदा भेटवार्ता गरेका छन् ।

यो एक ऐतिहासिक पल थियो । तर दोस्तीको साधारण प्रदर्शन अर्थात् केही पलका लागि हात मिलाउनु यति महत्वपूर्ण कसरी भयो ?

ठूला व्यक्तित्वबीच हात मिलाउने नतिजा सधैं सुखद हुँदैन । तर यो इतिहासको महत्वपूर्ण पल भने बन्ने गर्छ ।

एक नजर यस्ता १० पलमाथि जब हात मिले तब इतिहास बन्यो ।

१. च्याम्ब्रलिन र हिटलरः

सन् १९३८ सेप्टेम्बर २२ तारिखको यो तस्बिरमा जर्मनका शासक एडोल्फ हिटलर र तत्कालीन बेलायती प्रधानमन्त्री नेविद च्यामब्रलिन जर्मनीको होटल ड्रीसेनमा हात मिलाइरहेका छन् ।

तब चेकेस्लोवाकियाको हिस्सा रहेको सूडटेनल्याण्डमाथि जर्मनीको कब्जाबारे चर्चा गर्न दुबै नेताले भेट गरेका थिए ।

भेटपश्चात् च्याम्ब्रलिनले शान्ति हाँसिल गरेको विश्वास गर्दै ब्रिटेन फर्केका थिए तर एक वर्षपछि नै दोस्रो विश्वयुद्ध सुरु भयो ।

२. चर्चिल, ट्रूम्यान र स्टालिनः

सन् १९४५ को जुलाई २३ तारिखमा अमेरिकी राष्ट्रपति ह्यारी ट्रूम्यान (बीचमा), बेलायती प्रधानमन्त्री विन्स्टन चर्चित (बायाँ) र सोभियत नेता जोसेफ स्टालिन (दायाँ) ले पेट्सडाम सम्मेलनको क्रममा एक अर्कासँग हात मिलाएका थिए र यो पल इतिहासमा दर्ता भएको थियो ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि यी तीनै नेता यूरोप र विशेष तरिकाले जर्मनीको भविष्य तय गर्नका लागि भेटेका थिए ।

फ्रान्सका नेता शार्ल डे गोललाई उक्त सम्मेलनमा नबोलाएको विषयले विशेष चर्चा पाएको थियो ।

३. जोनसोन र लूथर किंग जुनियरः

सन् १९६४ जुलाई २ तारिखमा वासिङ्टन डीसीको ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसोन सिभिल राइट्स एक्टमा दस्तखत गरेपछि मार्टिन लूथर किंग जुनियरसँग हात मिलाउँदै ।

यो कानूनले अमेरिकामा रंगभेद अन्त्य भएको थियो र जाती, रंग, धर्म, लिंग वा राष्ट्रियताको आधारमा रोजगारमा भेदभाव समाप्त गरिएको थियो ।

४. माओ र निक्सनः

सन् १९७२ फेब्रुअरी २१ तारिख– साम्यवादी चीनका नेता माओ त्से तुंग र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीनको राजधानी बेइजिङमा हात मिलाउँदै ।

अमेरिका र चीनबीचको सम्बन्ध २३ वर्षसम्म खराब रहेपछि निक्सन ऐतिहासिक भ्रमणका लागि चीन पुगेका थिए ।

दुबै देशबीच स्थापित भएको नयाँ सम्बन्धले वर्षौंदेखि चलिरहेको अविश्वास र दुश्मनीलाई समाप्त गर्नुका साथै दशकौंसम्म चल्ने व्यापार सम्झौताको मार्ग प्रशस्त पनि गर्यो ।

५. गोर्बाचोफ र रेगनः

नोभेम्बर १९८५ः सोभियत प्रिमियर मिखाइल गोर्बाचोफ र अमेरिकी राष्ट्रपति रोनल्ड रेगन हात तन्काउँदै एकअर्काको नजिक पुगे ।

यो तस्बिर स्विटजरल्याण्डको जेनेभामा उनीहरुको पहिलो भेटघाटको क्रममा खिचिएको थियो ।

उनीहरुको भेटपछि शीतयुद्ध समाप्त भएको थियो ।

६. थेचर र मण्डेलाः

सन् १९९० जुलाई ४ तारिख – लण्डनमा डाउनिङ स्ट्रिट बाहिर अफ्रिकी नेशनल कांग्रेसका नेता नेल्सन मण्डेलासँग हात मिलाइरहेकी बेलायती प्रधानमन्त्री मार्गरेट थेचर ।

कुनै बेला थेचरले मण्डेलाको एएनसी पार्टीलाई आतंकवादी संगठन भनेकी थिइन् ।

सन् १९९४ मा मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति छानिएका थिए ।

७. रोबिन र अराफातः

सन् १९९३ सेप्टेम्बर १३ तारिख – प्यालेस्टिनी नेता यासिर अराफात र इजराइली प्रधानमन्त्री यित्याक रोबिन वासिङ्टनमा हात मिलाउँदै ।

दुबै नेता ओस्लो सम्झौतामाथि हस्ताक्षर गर्ने समारोहमा समावेश भएका थिए । यसलाई मध्य पूर्व शान्ती सम्झौता पनि भनिन्छ ।

अमेरिकी राष्ट्रपति बिल क्लिंटनले इजराइल र प्यालेस्टिनी लिबरेशन ओर्गनाइजेशनबीच यो सम्झौता गराएको थियो ।

८. म्याकगिनिज र बेलायती महारानीः

२७ जून २०१२ – उत्तरी आयरल्याण्डको यात्राको क्रममा बेलायती महारानी एलिजाबेथ द्वीतीय मार्टिन म्याकगिनिजसँग हात मिलाउँदै । उनी त्यतिबेला क्षेत्रीय डेप्युटी मिनिस्टर थिए ।

महारानी एलिजाबेथले बेल्फास्टमा आइआरए कमान्डरबाट नेता बनेका म्याकगिनिजसँग भेटघाट गरेकी थिइन् । दुबैले केही सेकेन्डका लागि हात मिलाएका थिए तर यसको ऐतिहासिक महत्व अत्यधिक छ ।

पछि म्याकगिनिजले महारानीसँगको बैठकमा आयरल्याण्ड र ब्रिटेन र आयरल्याण्डका जनताको आपसी सम्बन्धलाई परिभाषित गर्ने क्षमता भएको बताएका थिए ।

९. ओबामा र क्यास्ट्रोः

२१ मार्च सन् २०१६ः अमेरिकी राष्ट्रपति बराक ओबामा र क्यूबाका राष्ट्रपति राहुल क्यास्ट्रोले हवानाको रिभोलुसन प्यालेसमा हात मिलाए ।

बराक ओबामा लगभग एक शताब्दीमा क्यूबाको यात्रा गर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए ।

दुबै नेताबीच भेटघाट त राम्रै रह्यो तर राहुलले क्यूबामाथि अमेरिकी आर्थिक नाकाबन्दीको विरोध गर्दै यो पूर्ण रुपमा समाप्त हुनुपर्ने र यसो नभए यसलाई सामान्य कुरा मानिने बताएका थिए ।

१०. सान्तोष र टिमोशेन्कोः

२३ जून २०१६ – कोलम्बियाका राष्ट्रपति ह्वान मेनवेल सान्तोस गुरिल्ला बल फार्कका नेता टिमोशेन्कोको नामले चर्चित टिमोलियोन जिमेनेजसँग हात मिलाउँदै । हवानामा भएको यो शान्ती वार्ताको आयोजक क्यूबाका राष्ट्रपति राहुल क्यास्त्रो थिए ।

ट्रम्प–किम सम्बन्धको टाइमलाइन : विवाददेखि सहमतिसम्म

ट्रम्प र किमले गरे ‘विस्तृत र ऐतिहासिक’ दस्तावेजमा हस्ताक्षर

किम जोंग उनको कारसँगै दौडने रहस्यमयी समूहको विशेषता

सिङ्गापुर वार्ताः विश्वको अपेक्षा शान्ति र एकता

ट्रम्पले भने, ‘किम अत्यधिक प्रतिभाशाली छन्, म उनको देशलाई निकै माया गर्छु’

किमको घोषणा – ‘संसारले अब ठूलो परिवर्तन देख्नेछ’

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?

ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’

ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?

किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप