केन्द्रीय संस्करण

वैदेशिक रोजगारीमा : ठगी र वेदना

person access_timeजेठ ३०, २०७५ chat_bubble_outline0

सरकारको २०७५/०७६ को नीति तथा कार्यक्रमले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् युवा स्वरोजगारको सपना तुनेको छ । आगामी पाँच वर्षभित्र नेपाली युवाले कामकै लागि भनेर विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने अभीष्ट उक्त सरकारको नीतिमा उल्लेख गरिएको छ । तर विरोधाभाष छ– रेमिट्यान्सबाट धानिने अर्थतन्त्रको । दैनिक २ हजारका हाराहारीमा विमानस्थलमा भीड लाग्ने वैदेशिक रोजगारमा कामदार बनेर आँसु बहाउनेको हृदयविदारक दृश्य र बाध्यताले नेपालमा जन्मिनुलाई अभिशाप भनेको छैन र ? एकजना राम्रै पढ्ने विद्यार्थीले मुखै खोलेर भने–“आखिर जति पढे पनि कमाउन विदेशमा लेबर बनेर जानुपर्ने भएपछि किन पढाइमा घोटिनुप¥यो र ? लोक सेवामा नाम निकाल्ने खुबी रहेन ।” यसको अर्थ उनले राष्ट्रिय स्वाभिमानलाई आँच लगाएको भन्ने अर्थ पक्कै लाग्नुहुन्न । यसमा देशकै कमजोरी छ । शिक्षित बेरोजगारको प्रताडनामा बेरोजगारिताको तीतो मनोविज्ञान छ । हुन त विगतमा ओली सरकारले नै विद्यार्थीलाई प्रमाणपत्र राखेर बेरोजगारले सुविधा दिने गरी नियम बनाउने कुरा नगरेको होइन । तर आजसम्म त्यसो पनि त भएको छैन । वैदेशिक रोजगारीमा जाने देशका दक्ष जनशक्तिले विदेशमा तुच्छ र निघृणी कर्म गर्नु परिरहेका बाध्यता छन् । तिनका परिवारमा पारिवारिक ममतामा आइरहेको ह्रास र विसङ्गतिलाई मलजल भइरहेको छ ।     

निर्लज्ज र निडर मेनपावरका कम्पनी र दलालीमा महिनाको ४० हजार बढीदेखि माथि कमाइने आशा बोकेर लाम लागेका नेपालीका पासपोर्टमा नेपाल आमाको इज्जत र आँसु बग्नुपर्दैन ? सरकारले बनाएका नियमअनुसार श्रम स्वीकृति लिँदा १० हजार तिरेको बिल बनाइन्छ । यो कुनै लुकीछिपी हुँदै होइन, मेनपावरलाई लाख घटीको बिटो नबुझाई नेपालीले विदेश जान पाएका छैनन् । तर जान्दाजान्दै मध्यस्त कर्ताले लुट्छन् । मेनपावरका एजेन्ट त कामदारलाई पठाउन लागेको कम्पनीमा पुगेका हुँदैनन् तर नमरी स्वर्ग देखाएर त्यहाँको सुविधाको जालसाजी गर्छन् । बिचरा गरिब जनताको पसिना चुस्दै चिल्लो कारमा चढ्छन् । उता विदेशमा तिनको बिचल्लीको वेदना र ढाँटिएको तलब स्केलको कुनै लेखाजोखा नै कहाँ हुन्छ ? शक्ति र पहुँच नहुने निर्धाको वचन खोलाको गीतै त हो । आखिर देशमा जुनै परिवर्तनका लहर चलिरहेका छन्– यो शोषणको दादागिरी मौलाएकै लाग्छ । स्वास्थ्य परीक्षणको सिन्डिकेट र शोषणको नाङ्गो चलखेलका अनेकौँ प्रक्रियामा देश दुख्दैन ।

सरकारको नीति तथा योजनाले युवालाई स्वदेशमै टिकाएर राख्ने गरी कृषि, पर्यटन र जलविद्युतका कुरा गरेको छ । गहिरिएर नियाल्दा भाषाको कुरामा समेत् विदेशको भूत चढाइएको समाज मनोविज्ञान छ । आज देशमा प्राविधिक र व्यावहारिक शिक्षाको खाँचो छ । तर देशले हाम्रो देशका बच्चाको दिमागमा वैज्ञानिक बनाउने सोचलाई हालिएको छैन । सपनाका ठेली थमाएर किताबको गह्रुँगो झोला भिराइन्छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी कम हुन्छ भनेर निजीमा होमिनेको लक्ष्य पनि विदेशमै होमिने हो । आजभोलि स्थानीय सरकारले सामुदायिक विद्यालयलाई पनि अङ्ग्रेजीमय बनाउने घोषणा गर्दा महान् ठान्न थालेका छन् । हुन त अन्तर्राष्ट्रिय भाषा हो, जान्नुमा के खराबी छ र ? तर एकातिर देशको भाषा अर्कातिर स्वाभिमानको राष्ट्रियता र पहिचान भन्ने कुरै बिर्सेर विदेश जान सहज हुने अपेक्षासँगै जोडिन्छ । अहँ, यसो त भन्नै चाहँदैनौँ । वर्तमान सन्दर्भमा आफ्नै चाहनाले पढ्ने उद्देश्य बोकेर या त विशिष्ट लक्ष्य बोकेर विदेशको सपनामा होमिनेका आफ्नै तरिका छन् । त्यहाँ उद्देश्य र प्राप्तिको रहर छ । यहाँको अभावमा नभएर सपनाका गुजुल्टाहरू कोरिएका हुन्छन् तर तिनमा पनि पीडाका पहाड उत्तिकै छन् । सङ्घर्षको जालोले तिनलाई पक्कै घेरेकै हुन्छ । विद्यार्थी भएर जानेका मनोदशा कम दयनीय लाग्दैनन् । ती सपनामा इच्छाले ढाडस दिएको हुँदो रहेछ । आशाका त्यान्द्राले आगतका स्वप्न लहरीलाई उराल्दो रहेछ ।

एउटा नेपाली स्वदेशमै होटलमा ठगिन्छ, फोटो खिच्दामा ठगिन्छ, फोटोकपीमा ठगिन्छ, मेडिकल जाँचमा राम्रोसँग ठगिन्छ । अनेक बहानामा उसको समयको मूल्यको प्रवाह नगरी झुलाइन्छ । फ्री भिसा फ्री टिकट भनेर आशा देखाइन्छ । बहानाबाजी बनाएर लुटिन्छ । नाङ्गो बनाएर गरिबका पसिनामा चुक्ली खेलिन्छ ।

सीप र जाँगर नभएर होइन आज युवा अवसर र श्रमको मूल्याङ्कन नहुँदा विदेशिएको छ । मजदुर या त कामदार बनेर परदेशिन्छ । तिनमा भिजन छ, मिसन हुन्छ । यतै केही गरौँ भन्दा चाहेर पनि वातावरण पाउँदैन । एकजना परदेशिनुभएका मेरा अनन्य मित्रले भन्नुभयो– “विदेशमा जवानी फालेर अविवाहित भई काममा घोटिइरहनु मेरो रहर होइन, तीतो बाध्यता हो ।” कतिपय राजनीतिको पहुँच नहुँदा लाञ्छना बेहोर्दै हीनताबोध बोकेर विदेशको विकल्प रोज्न पुग्छन् । वैदेशिक रोजगारीमा विवस बन्नेहरूका दुःख र आर्तनादलाई सुन्दा त्यसै पनि मन कुँडिन्छ । घरको सानो बाकसमा पैसा थन्क्याउने लक्ष्य बोक्ने आपैm बाकसभरी भरिएर फर्कनुपरेका जलन छन् । सेल्फी लिँदै गलामा पूmलमाला र खादा भिरेर विदेशिनेले स्वदेशमा फर्किंदा मृत शरीरमा पूmल र दागबत्तीको प्रतीक्षा गर्नुप¥यो भने मन दुख्नुपर्दैन र ? सङ्घर्षमा आशा, रहरभन्दा धेरै बाध्यता हुँदो रहेछ । भाषा नजान्दा, प्रविधिलाई नजान्दा, कडा राज्यनीतिको रूपलाई नबुझ्दा, हेपेर लुटिँदा, ठगिँदा या त लाञ्छना लाएर निर्दोषले जेल, नेल मात्रै नभई मृत्युदण्डसम्म भोग्न विवस बनाइएको त्यो मन र तिनका परिवार, आफन्तको आँसु कति कारुणिक लाग्छ । विषय आपैmमा गम्भीर छ । देशलाई माया त विदेशमा बस्नेले पनि गरेकै छ । अझ आपूmले थाहै नपाई रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा टेवा पु¥याउनेले कुनै न्यायको पोको नै खोल्ने चेष्टा गर्न जानेका छैनन् । खाडीमा पसिना बगाउँछन् । जवानीको जोस, परिवारको माया, दुःखाइ पिराइ, चाडपर्व, विवाह रमाइलो, मित्रताको सुगन्ध, चौतारीको चिसो हावा सबै अरबको खाडीमै स्वाहा हुन्छ । 

 ‘साहिँली साहिँली चालीस कटेसी रमाउँला ।’ –आखिर तिनले सुन्ने गीतमा भावुकता र वेदना हुँदो रहेछ । के तिनका पीडाको रहस्यलाई आर्थिक, मनोवैज्ञानिक या त सामाजिक कोणबाट खोतल्ने कोसिस भएका होलान् ? मेन पावरलाई १० हजार या त तोकिएको रकम बुझाएको श्रम स्वीकृतपत्रसहित एयरपोर्टमा पासपोर्ट बोकेर विजयको टीका पहिरिँदै बाहिरिनेका दुर्दशा कुनै खेलाँची गफ त होइनन् । तर रहस्य सबैलाई थाहा छ– तिनीहरू सबैले घरबारी, श्रीमतीका गहना धितो राखेर या त भैँसी, गाईवस्तु बेचेर लाखौँको बिटो मेन पावरमा बिनाआधार बुझाइरहेका हुन्छन् । बीचका च्याँखे थाप्नेदेखि प्लेनमा उडाउनेसम्ममा गरेर नेपालीबाटै आफ्नै मातृभूमिमा दैनिक रूपमा ठगिएका नेपालीका दुर्दशा खेलाँची लाग्दैन । पासपोर्ट बनाउँदाका झमेला र अप्ठ्यारामा तिनले केही बोल्न सक्ने अवस्थै छैन । सरकारले विदेशका जेलमा रहेका कामदारको अवस्थालाई बुझ्ने जमर्को गरेको सह्राहनीय विषय हो । काम, माम र दामको निम्ति परदेशिएकाहरूका आँशुका ढिक्कामा मेन पावरले माध्यम बनेर कति ठग्दै छन्– गम्भीर खोजको विषय हो । पैसाको मुठो सम्बन्धित व्यक्तिलाई दिन नपाइने, साथमा मोबाइल या कुनै फोटो खिच्ने चीज बोक्न नमिल्ने आफ्नै खाले कपटी नियम बनाई आपूm जोगिन्छन् । बढाइचढाइ गफ गरी फसाइन्छ । आश्वासन दिई अनेकौँ जाल फालिन्छ । पैसा खाए पनि बाठोपना छाँटेर पहुँचले सोझाको पसिनामा रजाइँ हुन्छ । प्रमाण केही नहुने गरी पैसा खाएर गायब हुनेको चुक्ली जाल र साँठगाँठको लहरबाट ठगिनेको सूची खोज्न थाल्ने हो भने त्यो दुर्दशा पक्कै टिठलाग्दो होला ! आखिर सामाजिक न्यायको पुन्तुरो किन यति धेरै लज्जास्पद बन्छ ?

एउटा नेपाली स्वदेशमै होटलमा ठगिन्छ, फोटो खिच्दामा ठगिन्छ, फोटोकपीमा ठगिन्छ, मेडिकल जाँचमा राम्रोसँग ठगिन्छ । अनेक बहानामा उसको समयको मूल्यको प्रवाह नगरी झुलाइन्छ । फ्री भिसा फ्री टिकट भनेर आशा देखाइन्छ । बहानाबाजी बनाएर लुटिन्छ । नाङ्गो बनाएर गरिबका पसिनामा चुक्ली खेलिन्छ । आखिर मालिकजीले गाडी चढेर के गर्नु आखिर ती आँशुमा देखिएका दृश्य मदिरापान र मासुको परिकारमा गएर टुङ्गिन्छ । उता विदेशिएकाहरूले भनेजस्तो काम नपाउने, भनेको भन्दा थोरै रकम दिइनेजस्ता अनेकौँ तबरले झुक्याइएका गुनासालाई तिनले दिल खोलेर कहाँ पोखेका हुन्छन् र ? सुन्ने चेष्टा गर्ने निकाय उसको आफन्त पनि त नहुन सक्छ । तिनै विदेशिएका नेपालीहरूले आमाबाबा, छोराछोरी या त आफ्ना आफन्तका अनेकौँ आशामा टेको दिएका हुन्छन् । 

नेपालका नागरिकको प्रतिव्यक्ति आय हजार डलर नाघेको तथ्य बोकेर के गर्ने सारा जिन्दगी खाडीको गर्मीमा तुच्छ काम गर्दै सपना तुन्दैमा बित्नेको दशा कम दारुण लाग्दैन । सग्लो फर्कन पाइए, अलिअलि कमाइए त हाँसिएला नै । तर, उतै अलपत्र भएमा, आरोपित भएर थुनुवा हुनुपरे, बिरामी परेर बेसहारे बन्नेको दर्दनाक मर्ममा पीडाको पहाड छ । तिनका परिवारले गरिरहनुपरेको प्रतीक्षा अझ भनौँ नवविवाहिता श्रीमती या त मुखै देख्न नपाएर हुर्कँदै गरेको सन्तानको प्रेम कति मर्मस्पर्शी होला । नेपालले कसरी गर्व गर्दै छाती फुलाउन सक्ला ? फेसबुकमा तिनै विदेशिएका नेपालीले हरेक पर्व, संस्कृतिमा देशप्रेमको भावलाई पोख्छन् । तिनले सायद ‘नेपालको माया’ शीर्षकमा निबन्ध लेखेका नहुन पनि सक्छन् । देशको सद्भावमा तिनका विचार सजिन्छन् । बेरोजगारीको प्रताडनमा देश रोइरहँदा एक्काइसौँ शताब्दीमा पनि सोझा नेपाली नेपालीबाटै ठगिरहँदा बाध्यतालाई स्वीकार्न विवस छन् । विदेश त जानै प¥यो । लाखौँको बिटो तिरेको रहस्यलाई कसले खोल्न चाहन्छ र ? बाध्यताको सिकार बनेका तिनको पीडामा परिवारको बोझ छ । जिम्मेवारीका लामा सूची हुन्छन् । तिनका बाध्यतामा छोराछोरी पढाउने र ऋण तिर्ने अपेक्षाका कुण्ठाले झापड हानिरहन्छ । औपचारिक तर बडो सावधानीपूर्वक दैनिक ठगिइरहने सोझाको न्याय मन्दिर कतिको विश्वासिलो छ त ? जनताले खुलेआम ठगिनुपरेको छ तर त्यहाँ विवसता छ । मनोविज्ञान छ । “विदेश जान नपाए बर्बाद हुन्छ भने किन कसैलाई यो सत्य सुनाउने ?” आजसम्म यसै गरी ठगी भइरहेको छ । आखिर पैसाको बिटोसँग मनको वहले सपनाका गुजुल्टालाई उन्नै पर्ने बाध्यता र मनोविज्ञानलाई नियाल्दा यो एक्काइसौँ शताब्दीको ठगी प्रक्रिया लाग्दैन र !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ