शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैदेशिक ऋण तिर्ने मलेशियाको नयाँ सूत्र यस्तो छ

बुधबार, ३० जेठ २०७५, १० : ५९
बुधबार, ३० जेठ २०७५

एजेन्सी । मलेसियाको नयाँ सरकारले देशको काँधमा रहेको विशाल राष्ट्रिय ऋण कम गर्न नयाँ जुक्ति निकालेको छ । उसले राष्ट्रिय ऋण तिर्नकै लागि सर्वसाधरणबाट रकम सङ्कलन गर्ने भएको छ । यसका लागि उसले एक कोष खडा गरेको छ । 

बुधबार यस कोषको बारे जानकारी दिँदै मलेसियाका वित्त मन्त्रीले  पैसा जम्मा गर्नको लागि ब्याङ्क एकाउन्ट प्रदान गरे ।

महाथिर मोहम्मद मे ९ मा भएको आम निर्वाचनमा भ्रष्टाचारले आक्रान्त सत्तारुढ दललाई हराएर आश्चर्यजनक रूपमा सत्तामा आएका हुन् । सत्तामा आएपछि महाथिरले देशको ऋण घटाउने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् । 

मलेसियालाई १० खर्ब रिङ्गिट (अथवा २५०.८ अर्ब अमेरिकी डलर) ऋण रहेको छ । त्यो उसको कुल ग्राहस्थ उत्पादनको ८०% हो ।

यो कदम ‘प्लिज हेल्प मलेसिया’ एक निजी रकम सङ्कलन अभियानले ‘गोगेटफन्डिङ’ नामक वेबसाइटमा ३५०० अमेरिकी डलरभन्दा बढी अनुदान जुटाएपछि चालिएको हो । ‘प्लिज हेल्प मलेसिया’ले यस दक्षिणपूर्वी एसियाली राष्ट्रको ऋण घटाउन सहयोग गर्ने उद्देश्यले नै यो अभियान चलाएको थियो ।

“पछिल्लो आर्थिक विकासक्रम र देशको वर्तमान ऋण अवस्थालाई लिएर जनताहरूमा बढिरहेको चिन्ताका कारण हामीले जनतामा सरकारलाई सहयोग गर्ने सचेतनाको सङ्केत पाएका छौँ,” जारी गरिएको एक वक्तव्य वित्त मन्त्रीले भने ।

“जनताहरू स्वस्फुर्त रूपमा सरकारको भार कम गर्नका लागि आफ्नो कमाइ दिन चाहन्छन् ।”

मन्त्रालयले उक्त कोषलाई ‘मलेसिया होप फन्ड’ नाम दिने भएको छ । यसका लागि उसले एक बैङ्कको खाता नम्बर प्रदान गरेको छ । साथसाथै उसले अनुदान क्यासमा हुनुपर्ने र त्यो पनि राष्ट्रिय मुद्रामा हुनुपर्ने भनेको छ ।

महाथिर सरकारले ऋण व्यवस्थापन गर्ने प्राथमिकताअन्तर्गत ठूला परियोजनाहरूको पुनरावलोकन गर्ने, केही सरकारी एजेन्सीहरू खारेज गर्ने र मन्त्रीहरूको तलब कटाउने निर्णय गरेको छ । तर अर्कोतर्फ सरकारले यो हप्ता गुड्स एन्ड सर्भिस ट्याक्स हटाएर सरकारी राजस्वमा नकारात्मक असर पर्ने काम गरेको छ ।
 

-रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप