शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो विश्वयुद्धमा लडाईं लडेका वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन

बुधबार, ३० जेठ २०७५, ०८ : १३
बुधबार, ३० जेठ २०७५

नेपाली सिने जगतका वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहिबार राती दुई बजे उनको मृत्यु भएको हो ।

उनको मृत्युमा नेपाली कलाकारले सोसल मिडियामार्फत श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार जितु नेपालले आफ्नो फेसबुक स्टेटसमा थापाको मृत्युमा दुःख व्यक्त गरेका छन् ।  उनले थापासँगको आफ्नो फोटो सेयर गर्दै लेखेका छन्, ‘बरिष्ठ कलाकार भीम बहादुर बुवा हामीबीच रहनुभएन । राती करिब दुई बजे उहाँको मृत्यु भएको खबरले अत्यन्तै दुःखी छु, बुवाको आत्माको चीर शान्ती कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

यस्तै भद्रगोल टेलिचलचित्रका स्क्रिप्ट राइटर र कालाकार दिपक आचार्यले पनि ‘कलाकारिता जगतका जिउँदो इतिहास कलाकार भीम बहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जली’ भन्दै फेसबुकमा स्टेटस राखेका छन् ।

वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका उनले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । उनले आफूलाई राजदरबार भित्रको हाँस्यकलाकार भन्ने गरेका थिए ।

थापाले एक सय ६० वटा टेलिचलचित्र र ९० वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप