शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परी तेह्रको मृत्यु

मङ्गलबार, २९ जेठ २०७५, २० : ०३
मङ्गलबार, २९ जेठ २०७५

ढाका । दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । 

मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन । 

पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु भएको बताइएको छ । 

त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ । 

राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीहरुको बसोवास रहेको छ । 

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप