शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री उपचारका लागि अस्पताल भर्ना

मङ्गलबार, २९ जेठ २०७५, १९ : ४९
मङ्गलबार, २९ जेठ २०७५

नयाँ दिल्ली । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ । 

९३ वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना भएका वाजपेयीलाई अस्पतालमा नै पुगी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री मोदी र गान्धी दुबैजना अस्पतालमा नै पुगेर वाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । 

ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति मङ्गलबार चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका हुन् । 

स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गरेका छन् । 

स्टालिनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ ।’

मुख्यमन्त्री नाइडुले पनि आजै वाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेका छन् । म पूर्व प्रधानमन्त्री वाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु । 

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले आज एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिइरहेको बताएका छन् । 

प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सवै मुख्य मापदण्डहरू स्थिर छन् । उहाँ सङ्क्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।’

वाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप