बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

मङ्गलबार, २९ जेठ २०७५, १९ : ३८
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले मोबाइलको ब्याट्रीमा समस्या भएमा १०,००० तिरेर आइफोन साट्न सकिने अवसर दिएको छ ।

नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको हो । ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मलमा सम्पर्क गरी सुविधा लिन सकिने जेननेक्स्टले जनाएको छ ।

ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुमा मात्र रकम खर्च गर्न र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन जेननेक्स्टले आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप