केन्द्रीय संस्करण

आइएमईले मनायो १८औं वार्षिकोत्सव, रेमिटेन्सको पर्यायवाची बनिरहने प्रतिवद्धता

person access_timeजेठ २९, २०७५ chat_bubble_outline0

 काठमाडौं । आइएमईले ‘१८औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका आफ्नो १८र्औ वार्षिकोत्सव मनाएको छ । आजदेखि आइएमई १७ वर्ष पार गरेर १८औं वर्षमा प्रवेश गरेको छ ।

१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । 

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान पनि गरेका थिए । कार्यक्रममा वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।

त्यसैगरी आईएमईले वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरू सम्मान पनि गरेको छ । 

स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ । कम्पनीले १ सय ७४ आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।

आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराख्ने प्रतिवद्धता पनि जनाएको छ ।  आइएमईले शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

आइएमईले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ