बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘चि मुसी चि’को शीर्ष गीतमा अभिनेत्री नम्रताको ठुम्का

मङ्गलबार, २९ जेठ २०७५, १९ : ०७
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं– फिल्मको मुख्य भुमिकामा धेरै देख्न नपाए पनि अभिनेत्री नम्रता सापकोटालाई आइटममा भने निकै देख्न पाइन्छ । यस्तैमा आगामी ११ साउनमा रिलिज हुने फिल्म ‘चि मुसी चि’को शिर्ष गीतमा पनि उनी देखिएकी छन् । 

मंगलबार सार्वजनिक फिल्मको गीतमा सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको छ, भने स्वर सुजाता पाण्डेको छ । अभिनेत्री नम्रताले चोली र फरियामा सजिएर गीतमा आकर्षक नृत्य गरेकी छन् । 

भिडियोमा उनीसँगै सुनिल क्षेत्री र अलिशा शर्मा, शिवराज शर्मा पनि छन् ।  गीतको कोरियोग्राफर विक्रम स्वाँरले गरेका हुन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्ममा दिनेश श्रेष्ठको निर्देशन रहेको छ । 

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की र प्रस्तुतकर्ता अनिल पाण्डे र प्रिन्स युवराज कार्की रहेका छन् ।  सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय  फिल्ममा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप