शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौं महानगरले दियो ५० लाख

मङ्गलबार, २९ जेठ २०७५, १७ : २४
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं– काठमाडौं महानगरपालिकाले ऐतिहासिक पूरातात्विक महत्वको काष्ठमण्डप पुनःनिर्माणका लागि ५० लाख अनुदान सहायता उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार एक कार्यक्रमका बीच काष्ठमण्डप पुनःनिर्माण समितिलाई अनुदान सहायता स्वरुप ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । त्यसक्रममा उनले काष्ठमण्डप पुनःनिर्माणको काममा कहिँकतै पनि अवरोध गर्न नहुनेतर्फ सचेत गराए । उनले २ वर्षभित्रै काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न गर्न पनि समितिको गम्भिर ध्यानाकर्षण गराए । 

समितिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिकासँग आवश्यक परामर्श लिई पुनर्निर्माणको कामलाई गति दिने मेयर शाक्यले विश्वास व्यक्त गरे । काठमाडौं महानगरपालिकाको गत जेष्ठ २४ गते बसेको बैठकले काष्ठमण्डप पुनःनिर्माणको लागि ५० लाख अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मंगलबार सो अनुदान सहायता काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।

ऐतिहासिक, पूरातात्विक महत्वको काष्ठमण्डपलाई पुरानैस्वरुप, शैली र संरचनाअनुसार निर्माण गर्ने समझदारी गरिएको छ । समितिले काठमाडौं महानगरपालिकासँग भएको सहमतिअनुसार काष्ठमण्डपको पुनःनिर्माण कार्य ३ वर्षभित्रै सम्पन्न गर्नुपर्नेछ । 

समितिले काष्ठमण्डपको पुनःनिर्माणका लागि आर्थिक उपसमिति, विज्ञहरु र सल्लाहकारसमेत रहेको विभिन्न उपसमिति गठन गरी आफ्नो कामलाई यस अघिनै अगाडि बढाइसकेको छ । स्थानीयको सहभागितामा पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनःनिर्माण तोकिएको समय अघिनै सम्पन्न गर्ने समितिको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप