शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरी मामु’मा आयुव र कुसुम

मङ्गलबार, २९ जेठ २०७५, १७ : १५
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं – ६ बर्षका बालक आयुव सेनको मुख्य भूमिका रहने चलचित्र ‘मेरी मामु’ अभिनेत्रीको रुपमा कुसुम गुरुङ छानिएकी छन् । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मस्ले चौथो प्रस्तुतिका रुपमा ‘मेरी मामु’ बनाउन लागेको हो । लण्डन निवासी कुसुमले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रमा कुशुमले बालकको आमाको भूमिका निर्वाह गर्ने निर्माता सन्तोष सेनले बताए । आमा छोरा बीचको प्रेमकथा चलचित्रले बोल्ने उनको भनाई रहेको छ ।  थिएटर अभिनय अनुभव भएकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयको प्रशिक्षण दिएकी हुन् । उनले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकबाट  धेरैको मन जित्न सफल भएकी थिइन् । 

सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ । गुरुङले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् । बालमनोविज्ञानमा बन्ने चलचित्रका मुख्य हिरो आयुव निर्माता सेनका छोरा हुन् । अहिले वर्कसप भइरहेको चलचित्र ३ असारबाट छायाँकनमा जाने तयारी भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप