शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्दयी बाबु : भक्तपुरमा सुतिरहेको नाबालक छोरालाई चक्कुले हानेर हत्या

मङ्गलबार, २९ जेठ २०७५, १७ : १०
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौँ । भनिन्छ, ‘आमा–बाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामाथि ।’ निकै पुरानो यो भनाईलाई भक्तपुरका एक बाबुले उल्टो साबित गरिदीएका छन् ।

भक्तपुरको चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले आफ्नै नाबालक छोराको हत्या गरेका छन् ।

आइतबार विहान घरमा सुतिरहेका १२ वर्षीय प्रतिक गिरीलाई पहलमानले तरकारी काट्ने चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर निर्ययतापुर्वक हत्या गरेको महानगरीय प्रहरी वृत जगातीका प्रमुख (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

परिवारका अन्य सदस्य कोही नभएको बेलामा छोराको हत्या गर्ने कार्यमा संलग्न पहलमानलाई महानगरीय प्रहरी वृत जगाती ले नियन्त्रणमा लिएको छ ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो ।

प्रहरीले पहलमानमाथि कर्तब्यज्यान मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप