बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०१८ को अवसरमा सामसङको “फिल द गेम” अफर

मङ्गलबार, २९ जेठ २०७५, १६ : ५६
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले  फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम”  योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत सामसङले टीभीहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । सामसङले विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ ।

यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरुमा २ वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर “सामसङ डिजिटर प्लाजाहरुबाट”  प्रस्तुत गरेको छ । इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नु पर्ने छ ।

यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपाल अधिराज्यभरमा लागू गरिएको सामसङले जनाएको छ । टीभी खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स,  भयोदा अस्पताल, के जी एच ग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको छ ।

साथै उल्लेखित टीभीहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ । लक्की ड्र मार्फत प्रथम विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्य विजेताहरुले क्रमशः सामसङको ५ इन वान रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९ स्मार्टफोन, ग्यालेक्सी एस ६ प्लास, ग्यालेक्सी ७ डुयस जित्न सक्ने सामसङले जनाएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकले टिभि खरिद गर्दा प्राप्त हुने कुपनलाई सुरक्षित राख्नु पर्नेछ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungnepalofficial मार्फत योजना समाप्त भएपछि गराइने सामसङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप