बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्प–किम सम्बन्धको टाइमलाइन : विवाददेखि सहमतिसम्म

मङ्गलबार, २९ जेठ २०७५, १६ : १०
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले मंगलबार सिंगापुरमा भेटे । 

यसले उत्तर कोरियाको आणविक हतियारमा रहेको गतिरोधको अन्त्य गर्न लामो कुटनीति शुरु गर्नेछ । 

भविष्यको यो प्रक्रियाको जग बसाल्न लामो कुटनीतिक अभ्यास भएका छन् । ती घटनाक्रमहरु पनि महत्वपूर्ण छन् । यहाँ किम जोङ्ग उन सत्तामा आएदेखिका किम–ट्रम्पको वार्तासम्म भएका महत्वपूर्ण घटनाहरु उल्लेख गरिएका छन् ।

२०११ डिसेम्बर २९ मा उत्तर कोरियाको नेतृत्वमा किम जोङ्ग अन आए । किमका पिताको १७ डिसेम्बरमा हृदयघातका कारण मृत्यु भएपछि उत्तर कोरियाको सत्तामा किम आएका हुन् ।

२०१२ डिसेम्बर १२ मा उत्तर कोरियाले सफलतापूर्वक क्वाङ्गमीओङ्गसोङ्ग–३ अन्तरिक्षको परिपथमा राख्न सफल भयो । यस सफलतासँगै उत्तर कोरिया लामो दूरीको रकेट प्रक्षेपणमा सफल भयो ।

२०१३ फेब्रुअरी १२ मा उत्तर कोरियाले तेस्रो आणविक प्ररीक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । यो परिक्षण अघिल्ला सन् २००६ र २००९ का अघिल्ला दुई परिक्षणभन्दा ठूलो थियो ।
यस परिक्षणको विरोधमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रद्वारा नयाँ नाकाबन्दी लागु गर्यो ।

२०१३ मार्च ११ मा उत्तर कोरियाले एक तर्फी रुपमा सन् १९५३ को युद्ध विरामको सम्झौताबाट अलग भएको घोषणा गर्यो । यहीँ सम्झौता पछि नै कोरियाली युद्ध समाप्त भएको थियो ।

२०१४ मार्च २५ मा उत्तर कोरियाले दुई वटा मध्यम दूरीको मिसाइल प्रक्षेपण । यो प्रक्षेपण पाँच वर्ष पछि गरिएको थियो । र दुवै मिसाइल जापान र उत्तर कोरियाबीचको समुन्द्री क्षेत्रबीचमा खस्यो ।

२०१४ अप्रिल ४ दक्षिण कोरियाले उत्तर कोरियाका लगभग सम्पूर्ण क्षेत्रमा प्रहार गर्न सक्ने क्षेमता भएको नयाँ मिसाइल प्रणाली सार्बजनिक गर्यो ।

२०१४ जुन २५ उत्तर कोरियाले किम जोङ्ग उनलाई मारेको कथा रहेको अमेरिकी फिल्म ‘द इन्टरभ्यू’ लाई ‘युद्धको कार्य’को रुपमा व्याख्या गर्यो । उसले फिल्म रिलिज भएमा ‘गम्भिर परिणाम’ भोग्नु पर्ने चेतावनी दियो ।

२०१४ नोभेम्बर २४ मा ‘द इन्टरभ्यू’ लाई निमार्ण गरेको कम्पनी सोनी पिक्चर्समा साइबर आक्रमण भयो । ह्याकका कारण सोनीका कर्मचारीहरुले आफ्ना कम्प्युटर खोल्न सकेनन् । साथै ह्याक गरिएका व्यक्तिगत सूचना, इमेल र रिजिल हुने पर्खाईमा रहेका सोनीका फिल्महरु इन्टरनेटमा लिक भए । लिक पछि सोनीका पदाधिकारीले व्यक्तिगत इमेलमा चर्चित हलिउड अभिनेताबारे भनेका आपत्तिजनक सम्बादले सोनीलाई लाजमर्दो अवस्थामा निम्त्यायो । 

यस घटनामा उत्तर कोरियाको संलग्नता रहेको एफबीआईले पुष्टि गर्यो ।

२०१५ मे ९ मा उत्तर कोरियाले सफलता पूर्वक पनडूब्बीबाट आणविक मिलाईल प्रक्षेपण गरेको घोषणा गर्यो । पनडूब्बीबाट प्रहार गर्न सकिने मिसाइललाई बोकेर अर्कै स्थानमा लगेर पनि प्रहार गर्न सकिने भएकोले र त्यसलाई पहिचान गर्न नसकिने भएकाले अमेरिकामाथि थप दबाबको अवस्था सिर्जना भयो ।

२०१५ अगष्ट २५ मा केही वर्षको सैन्य तनाब पछि दुई कोरिया पुनः सम्बादको टेबलमा बसे ।

२०१६ सेप्टेम्बर ९ मा उत्तर कोरियाले त्यो बेलासम्मकै सबैभन्दा ठूलो आणविक परिक्षण सम्पन्न ग¥यो । १० किलोटन क्षमताको यो विष्फोटले वरपरका क्षेत्रमा ५.३ म्याग्निच्युटको भूकम्प निम्त्याएको थियो । परिक्षण पछि संयुक्त राष्ट्रले नाकाबन्दी थप्यो ।

२०१७ जनवरी २ मा किम जोङ्ग उनले नयाँ वर्षको सम्बोधनमा उत्तर कोरिया अन्तर महादेशिय ब्यालेष्टिक मिसाइल निर्माणमा अन्तिम चरणमा प्रबेश गरेको घोषणा ।

२०१७ फेब्रुअरी १२ मा उत्तर कोरियाले ट्रम्प राष्ट्रपति भएपछिको पहिलो मिसाइल परीक्षण गर्यो ।

२०१७ फेब्रुअरी १३ मा किमको सौतेनी दाई किम जोङ्ग नामको मलेशियामा हत्या भयो । किम नाम मलेशियाली एअरपोर्टमा दुई महिलाले अनुहारमा केही दलेको जस्तो देखिएको २० मिनेटभित्र सा¥है पीडादायक मृत्यु मरेका थिए । परिक्षणले उनीमाथि नर्भ एजेन्ट ‘भीएक्स’ प्रयोग भएको पुष्टि भयो ।

२०१७ मार्च १० मा दक्षिण कोरियाका ११ औं राष्ट्रपति पार्क ग्युन–हाई महाअभियोगद्वारा सत्ताच्युत भइन् । पार्कले उत्तर कोरियाप्रति कडा नीति अङ्गीकार गरेकी थिइन् ।

२०१७ मे ९ मा मून जाई–ईन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भए । मध्य वामपन्थी उमेद्वार रहेका मुन कोरियाली युद्धमा उत्तरबाट भागेका शहणार्थीका छोरा हुन् । मूनले आफू उत्तर कोरियासँग सम्बादको लागि तयार रहेको घोषणा गरे ।

२०१७ जुलाई ४ मा उत्तर कोरियाले अमेरिकाको भूभाग अलास्कासम्म मार हान्न सक्ने अन्तर महादेशिय ब्यालेष्टिक मिशाइल ह्वासङ्ग–१४ को सफल प्रक्षेपण ग¥यो । अमेरिकी सेनाको प्रशान्तीय कमाण्डले

यसलाई पुष्टि ग¥यो

२०१७ जुलाई २८ मा उत्तर कोरियाले दोश्रो अन्तर महादेशिय ब्यालेष्टिक मिलाईस परिक्षण ग¥यो । ६००० माइल रेन्ज क्षमता भएको यो परिक्षणसँगै अमेरिकाको थप भूभागमा मार हान्न सकिने भयो । त्यसको ८ दिन पछि संयुक्त राष्ट्रको सुरक्षा परिषदले उत्तर कोरियामाथि निक्कै कडा खालको नाकाबन्दी थप्यो ।

२०१७ अगष्ट ८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई कुनै डरधम्की नदिन अन्यथा संसारले पहिले कहिल्यै नदेखेको क्रोधको लागी तयार रहन धम्की दिए ।
प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी प्रशान्तिय टापू गुयाममा आक्रमणको धम्की दियो ।

२०१७ अगष्ट २९ मा उत्तर कोरियाले जापानको होकाइडो टापूको आकाश माथि हुदै ब्यालेष्टिक मिशाइल प्रहार ग¥यो । यो प्रक्षेपण अमेरिका र जापानबीच होकाइडोमा भएको सैन्य अभ्यासको केही पछि प्रहार गरिएको थियो ।

२०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाद्वारा हालसम्मकै विशाल आणविक बम परिक्षण । उत्तर कोरियाले उक्त बम हाइड्रोजन बम भएको दावी ग¥यो । अमेरिकाले यसमा शंका जनाएको भए पनि यसको शक्ति भने स्वीका¥यो । यो बम हिरोशिमामा विष्फोट भएको आणविक बमभन्दा सात गुणा ठूलो थियो ।

२०१७ सेप्टेम्बर १९ मा संयुक्त राष्ट्रलाई पहिलो पटक सम्बोधन गर्ने क्रममा ट्रम्पले उत्तर कोरियाली नेतालाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियालाई ‘पूर्णत ध्वस्त’ गरिदिने धम्की दिए । प्रत्युत्तरमा उत्तर कोरियाले ट्रम्पलाई ‘मेन्टली डिरेन्ज्ड यु.एस.डोटार्ड (मानसिक रुपमा अस्थीर अमेरिकी जीर्ण बुढो)’ भन्यो ।

२०१७ सेप्टेम्बर ३० मा तत्कालिन अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङ्गयाङ्गसँग सम्बाद सुत्र खोजिरहेको बताए । त्यसको भोलिपल्ट ट्रम्पले ट्वीट गर्दै टिलरसनले बेकारमा समय बर्बाद गरिरहेकाको भन्दै ट्वीट गरे ।

२०१७ नोभेम्बर २८ मा उत्तर कोरियाले प्रहार गरेको अन्तर महादेशिय ब्यालेष्टिक मिशाइल ६२० माइल टाढा सी अफ जापानमा खस्यो ।

२०१७ डिसेम्बर २२ मा संयुक्त राष्ट्रले थप नाकाबन्दी लगायो । विदेशमा काम गरिरहेका उत्तर कोरियाली नागरिकहरुलाई २४ घण्टाभित्र देश फर्कन माग, तेल आयतमा समेत नियन्त्रण थियो । उत्तर कोरियाले यो नाकाबन्दीलाई ‘युद्धको कार्य’ को संज्ञा दियो ।

२०१८ जनवरी १ मा किम जोङ्ग उनले आफ्नो नयाँ वर्षको सम्बोधनको क्रममा मेलमिलापको भाषा प्रयोग गरे । उनले सम्बोधनको क्रममा दक्षिण र उत्तर कोरियाले बढिरहेको सैन्य तनाव कम गर्न मिलेर काम गर्नु पर्ने बताए । सम्बोधनको क्रममा अनले आफ्नो काम गर्ने टेबलमा आणविक बमको बटन रहेको ख्याल गर्न चेतावनी दिए ।

२०१८ जनवरी २ : नयाँ वर्षको सम्बोधनमा किमले उल्लेख गरेको आणविक बमको बटनको बारेमा प्रतिक्रियामा ट्वीट गर्दै ट्रम्पले आफूसँग किम जोङ्ग अनको भन्दा ठूलो र शक्तिशाली आणविक बमको बटन भएको भन्दै किमको उपहास गरे ।

२०१८ जनवरी ८ मा उत्तर कोरियाले दक्षिणको वार्ताको प्रस्ताव स्वीकार ग¥यो । दक्षिण कोरियाको राष्ट्रपतिले उत्तरसँग दक्षिण कोरियामा हुन लागेको शीतकालिन ओलम्पिकमा उत्तर कोरियाली खेलाडीहरुलाई सहभागी गराउन प्रस्ताव राखेका थिए । अर्को दिन दुई कोरियाका अधिकारीहरु सिमावर्ती गाँउमा भेटेर उत्तर कोरियाली खेलाडीहरुलाई शीतकालिन ओलम्पिकमा सहभागी गर्ने सुनिश्चित गरे ।

२०१८ जनवरी १० मा ट्रम्पले आफू उत्तर कोरियाली नेतासँग वार्ताको लागि खुल्ला रहेको धारणा व्यक्त गरे ।

२०१८ फेब्रुअरी ९ मा शित ओलम्मिकमा दुबै कोरियाली खेल प्रतिनिधिहरु एउटै झण्डामुनी मार्चपास गरे । किमकी बहिनी पनि खेल प्रतिनिधिको रुपमा दक्षिण कोरियामा आएकी थिइन् । दक्षिण कोरियामा उनले धेरैको ध्यान खिचिन ।

२०१८ मार्च ८ मा ट्रम्पले किमद्वारा पठाइएको वार्ताको प्रस्ताव स्वीकार गरे । किमको प्रस्ताव दक्षिण कोरियाका कुटनितिज्ञले बोकेर लगेका थिए । त्यसको तीन दिन अघि दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहाकार प्योङ्गयाङ्ग गएका थिए ।

२०१८ मार्च २७ मा किम सत्तामा आएपछिको पहिलो विदेश भ्रमणका क्रममा चीनमा पुगे । त्यहाँ उनले सी जिङ्गपिङ्गसँग भेट गरे । भेटमा किमले अमेरिका र दक्षिण कोरियाले उनको प्रयासलाई सदभावले प्रतिक्रिया दिए आणविक निशस्त्रिकरणको लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

२०१८ एप्रिल १ मा विदेश मन्त्री(सेक्रेटरी अफ स्टेट) हुने गाँईगुईं रहेका पूर्व सीआईए निर्देशक माइक पोम्पेओ ट्रम्प किमबीचको वार्ताको कुरा मिलाएन उत्तर कोरियाको भ्रमणमा गए । (यो कुरा अप्रिल १८ मा मात्र ट्रम्पले सार्बजनिक गरेका थिए ।)

२०१८ एप्रिल २१ मा उत्तर कोरियाले आणविक कार्यक्रम, आईबीएम परिक्षण परित्याग गरेको घोषणा ग¥यो । यसका साथै उनीहरुले आफ्नो आणविक परिक्षण स्थल पनि बन्द गर्ने बताए । ट्रम्पले यसलाई सकारात्मक भएको बताए ।

२०१८ एप्रिल २७ मा किम र मूनबीच कोरियाको सीमाबीच गैर सैनिक क्षेत्रमा भेट भयो । दुवै नेताहरुले कोरियाली प्रायद्विपको पूर्ण आणविक निशस्त्रीकरणका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

२०१८ मे ७ किमको दोश्रो चीन भ्रमण भयो । यस भ्रमणमा क्रममा चिनिया शहर डालियानमा किम र सीको भेट भएको थियो । भेटमा दूई पारम्परिक मित्रहरुबीच रणनैतिक साझेदारी बलियो बनाउनेबारे छलफल भयो ।

२०१८ मे ९ हाल अमेरिकाको विदेश मन्त्रि भइसकेका माइक पोम्पेओ दोश्रो उत्तर कोरिया भ्रमणमा गए । उत्तर कोरियाले बन्दी बनाएर राखेका तीन कोरियाली मुलका अमेरिकीहरुलाई लिएर उनी घर फिर्ता भए ।

२०१८ मे १० मा ट्रम्पले जुन १२ मा किमसँग सिंगापुरमा भेट्ने घोषणा गरे ।

२०१८ मे २२ मा ट्रम्प र मून बीच ह्वाइट हाउसमा भेट भयो । यस भेटमा ट्रम्प–किमबीच निर्धारित गरिएको भेटवार्ता बारेमा छलफल भएको थियो ।

२०१८ मे २४ मा विदेशी पत्रकारको उपस्थितीमा उत्तर कोरियाले आफ्नो आणविक परिक्षण केन्द्र नष्ट ग¥यो । तर यो सकारात्मक विकासक्रममा एक्कासी अन्धकार छायो । केही दिन देखि जारी रहेको अमेरिकी र उत्तर कोरियाली नेताबीच जारी वाकयुद्धका क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उत्तर कोरियाली शिर्ष नेताले ‘राजनैतिक कठपुतली’ भनिदिए पछि ट्रम्पद्वारा वार्ता रद्ध भएको घोषणा गरे ।२०१८ मे २५ मा उत्तर कोरियाली पक्षले आफूहरु अझै पनि वार्ताको लागि तयार रहेको बतायो ।

२०१८ मे २६ मा दक्षिण कोरियाली राष्ट्रपति र किमबीच सिमावर्ती गाँउमा भेट भयो । त्यस भेटमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता सुचारु गर्ने बारेमा छलफल भयो । 

२०१८ मे ३० मा उत्तर कोरियाका शिर्ष नेता किम योङ्ग चोलले अ‍ेमेरिका भ्रमण गरे । माइक पोम्पेओसँग वार्ता निर्धारित समयमै गर्ने र त्यसको तयारी पुन सुचारु गर्ने बारेमा कुरा भयो ।

२०१८ जुन १ मा ट्रम्पले किम जोङ्ग अनसँग निर्धारित दिनमै वार्ता हुने घोषणा गरे । उनले किम योङ्ग चोललाई ह्वाइट हाउसमा भेटे पछि यो निर्णयमा पुगेका थिए ।

२०१८ जुन ५ मा ह्वाइट हाउसकी प्रेस सचिव साराहा स्याण्डर्सले ट्वीट गर्दै ट्रम्प–किम भेट सिंगापुरको कपेला होटेलमा हुने निश्चित भएको जानकारी दिइन् ।

२०१८ जुन १० मा वार्ताका लागि किम र ट्रम्पको वार्तास्थल सिंगापुरमा आगमन भयो ।

२०१८ जुन १२ किम र ट्रम्पबीच ऐतिहासिक भेट भयो । पहिलो पटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली राष्ट्रपतिबीच भएको यो भेटले विश्व शान्तिमा योगदान गर्ने विश्वभर अपेक्षा रहेको छ ।

थप समाचार

ट्रम्प र किमले गरे ‘विस्तृत र ऐतिहासिक’ दस्तावेजमा हस्ताक्षर

किम जोंग उनको कारसँगै दौडने रहस्यमयी समूहको विशेषता

सिङ्गापुर वार्ताः विश्वको अपेक्षा शान्ति र एकता

ट्रम्पले भने, ‘किम अत्यधिक प्रतिभाशाली छन्, म उनको देशलाई निकै माया गर्छु’

किमको घोषणा – ‘संसारले अब ठूलो परिवर्तन देख्नेछ’

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?

ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’

ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?

किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप