शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्धन उत्थान बैंक र ईन्टरनेशनल फाईनान्स कर्पोरेशनबीच कर्जा संझौता

मङ्गलबार, २९ जेठ २०७५, १६ : ०३
मङ्गलबार, २९ जेठ २०७५

काठमाण्डौें । निर्धन उत्थान बैंक लिमिटेड र ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (विश्व बैंक समूहको सदस्य)बीच कर्जाको लागि संझौता भएको छ ।

निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र ईन्टरनेशनल फाईनान्स कर्पोरेशन नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदबीच हस्ताक्षर भएको छ । यस संझौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन पश्चात ईन्टरनेशनल फाईनान्स कर्पोरेशनले निर्धन उत्थान बैंकलाई एक अरब रुपैयाँ कर्जा प्रदान गर्नेछ ।

निर्धन उत्थान बैंकले देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहमा शाखा संञ्जाल विस्तार गरेको छ । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको पनि जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप