शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट अवैध लागूऔषधसहित चार युवती पक्राउ

सोमबार, २८ जेठ २०७५, १५ : ४३
सोमबार, २८ जेठ २०७५

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । 

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए ।

सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप