शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हकप्रद र बोनस सेयर समयमै सूचिकृत नगर्ने कम्पनीलाई कारबाही गर्न माग

मङ्गलबार, २९ जेठ २०७५, १५ : ०९
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं–लगानीकर्ताहरुले हकप्रद सेयर र बोनस सेयर समयमै सुचिकृत नगर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । 

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले हकप्रद र बोनस सेयर समयमै सुचिकृत हुने गरी बाध्यात्मक अवस्था सृजना गर्न माग गरेका छन् । 

आगामी आर्थिक वर्षको (२०७५÷७६) धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको छलफलमा उनले समयमै हकप्रद र बोनसको सुचिकृत गर्नुपर्ने र नभए कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

भएका नीति नियमलाई समयमै कार्यान्वयन गर्न सके भने मात्र पुँजी बजारको समस्या समाधान हुने अर्यालले बताए ।

अर्का लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले समयमै सेचिकृत कम्पनीहरुले साधारण सभा गर्नुपर्ने बनाउँन बोर्डसँग आग्रह गरे । 

यस्तै इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पुँजीगत लाभकरले अहिले बजार मारमा परेको भन्दै यसलाई बोर्डले ध्यान दिनुपर्ने औल्याए । अब आउँने अनलाइन ट्रेडिङले विकासको बाटो लिएर आउने बताउँदै उनले सरकारले राजस्व चाहेको हो भने पुँजी बजारको दायरलाई फराकिलो बनाउनुपर्ने बताए । उनले भने, ‘सुन बगीरहेको छ छापा मार्न होइन त्यसलाई समात्न खोजौँ’ । 

यता ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले अनलाइन ट्रेडिङले बजारको वयापक पहुँच विस्तार गर्ने भएपनि यसले बजारमा जोखिम बढाउने बताउँछन् । 

अहिलेसम्म बजारको जोखिम ब्रोकर (दलाल) कम्पनीहरुले लिदै आएको बताउँदै उनले भने, ‘अनलाइन ट्रेडिङलाई व्यवस्थित गर्ने गरी नियम कानुनहरु आउनुपर्ने र ट्रेड तथा डेलिभरीका लागि छुट्टा छुट्टै औजारको व्यस्था गर्नुपर्ने छ । अन्यथा जोखिम बढ्ने देखिन्छ ।

यता धितोपत्र बोर्ड नीति अनुसनधान तथा योजना महाशाखा प्रमुख डा. नवराज अधिकारीले बजार अहिले सेन्सेटिभ भएकाले दोस्रो बजारमा पस्दा बुझेर मात्र पस्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप