केन्द्रीय संस्करण

“प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१८” सम्पन्न, विजेता थाईल्याण्ड जाने

person access_timeजेठ २९, २०७५ chat_bubble_outline0

काठमाडौं । बालबालिका तथा टिनएजरहरुबीचको सौन्दर्य प्रतियोगिता “प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८” सम्पन्न भएको छ । ग्रुप अफ इन्टरटेनर्स (जीईई)को ब्यानरमा रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा आरनभि श्रेष्ठ र युवराज गोयल मिनी समूहमा विजेता चयन भएका छन् । आरनभिले आफ्नो समूह अन्तर्गतको ट्यालेन्ट अवार्ड पनि जितेकी छिन् ।

प्रिन्तान्शा थापा लिटिल समूहका विजेता बनिन् । उनी हेल्थ एण्ड हाइजिनको अवार्ड पनि जित्न सफल भइन् । लिटिल समूहमा समृद्धि परियारले ट्यालेन्ट अवार्ड जित्न सफल भइन् । प्रि टिन समूहमा हर्षित अग्रवाल र अनुजा पन्तले विजेताको ट्रफी उचाल्न सफल भए । अनुजा आफ्नो समूहमा ट्यालेन्ट विधाको विजेता पनि बनिन् ।

टिन समूहमा भने रोमश श्रेष्ठ र अश्मिता ढुंगाना विजेता बन्न सफल भए । अश्मिताले आफ्नो समूहको ट्यालेन्ट अवार्डका साथमा प्रतियोगिता अन्तर्गतको वेष्ट इन्टरभ्यु, र मोस्ट कन्फिडेन्ट अवार्ड पनि हात पार्न सफल भइन् । रोमशले मोस्ट फोटोजेनिक विधाको अवार्ड पनि जित्न सफल भए । अन्य विधातर्फ सिर्जु के.सी. वेष्ट पर्सनालिटी, एलिशा शाही ठकुरी वेष्ट स्माइल, दिक्षा गुरुङ मोस्ट कन्जिनियल तथा दिपेन्द्र बेष्ट मल्टिमिडिया अवार्ड जित्न सफल भएका थिए । 

प्रतियोगितामा प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनलका प्रबन्धक थाइल्याण्डका ग्वाङ अनुरत कोसाकुल, मिस थाइल्याण्ड टिन इन्टरनेसनल २०१८ की विजेता माईथाई सुरियायुनयोङ, संचारकर्मी एवं कोरियोग्राफर प्रिया रानी लामा, गायक निर्णय श्रेष्ठ, म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ का फस्ट रनर अप तथा अभिनेता सुदित श्रेष्ठ, म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ का फोटोजेनिक एवं अभिनेता सन्नी सिंह र शिक्षाकर्मी कृपा लोहनी निर्णायकका रुपमा रहेका थिए ।

प्रतियोगिताका विजेताहरुले आगामी जुलाई २५ देखि ३१ तारिख सम्म थाईल्याण्डको फुकेट शहरमा संचालन हुने १८ औं प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ