शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजले क्यानबेरा तथा सिड्नी उडानमा क्यूसुइट लग्जरी सेवाकोे सुरुवात गर्ने

मङ्गलबार, २९ जेठ २०७५, १२ : ४२
मङ्गलबार, २९ जेठ २०७५

दोहाः कतार एयरवेजले पुरस्कृत बिजनेस क्लास सेवामा क्यूसुइट लग्जरी सेवा सुरुवात गर्ने भएको छ । कम्पनीको नयाँ अष्ट्रेलियन गन्तव्य क्यानबेराको उडानमा सिड्नीमार्फत जुलाई १ देखि क्यूसुइट सेवा सुरुवात गर्ने घोषणा गरेको हो । फेब्रुअरी २०१८ बाट सञ्चालनमा आएको क्यान्बेरा मार्गको सुरुवातको छ महिना नबित्दै एयरलाइन्सले यो घोषणा गरेको हो ।

दोहादेखि क्यानबेरामा सिड्नीमार्फत दैनिक दुईवटा उडान भर्ने कम्पनीले जनाएको छ । सुरुवातमा यस उडान मार्गमा क्यूसुइट सेवा साप्ताहिक चार पटक प्रदान गरिने छ भने दैनिक सेवा १ अगस्ट २०१८ बाट प्रारम्भ हुनेछ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भनेः “यसको सुरुवातदेखि नै क्यूसुइट विश्वव्यापी रुपमा आकर्षणको मुख्य केन्द्र बनेको हो, र हामी यस उत्कृष्ट सेवा हाम्रो क्यानबेरा तथा सिड्नी उडान मार्गमा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ । क्यूसुइटसँगै हामीले बिजनेस एवं लक्जरी यात्रालाई एक नयाँ पहिचान दिलाएका छौँ, र हामी विश्वस्त छौँ यस शानदार सेवा अष्टे«लियन यात्रुहरुका लागि एक थप आकर्षण हुनेछ । ”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप