शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको कम्युनिष्ट एकताबाट अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु उत्साही : माधव नेपाल

मङ्गलबार, २९ जेठ २०७५, १२ : ३४
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही रहेको बताएका छन् । 

वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरु अन्त्यन्तै उत्साही रहेकोे आफूले पाएको बताएका हुन् । 
 ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ विश्वका सबै कम्युनिष्ट पार्टीहरु नेपालको कम्युनिष्ट पार्टीले पाएको सफलताबाट उत्साही रहेको पाइएको प्रतिक्रिया दिए । 
 त्यसक्रममा नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एशीयन स्कूल स्थापनाका लागि वरिष्ठ नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलस्थित फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको पनि अवलोकन गरेका थिए । 
 स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाईका अनुभव पनि  ग्रहण गरिएको वरिष्ठ नेता नेपालले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले  नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि बताए । 

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप