शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट मण्डला थिएटरमा ‘झिमिक झिमिक झ्याप्प’

मङ्गलबार, २९ जेठ २०७५, १२ : २१
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं – थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा आजबाट मण्डला थिएटर अनामनगरमा नाटक ‘झिमिक झिमिक झ्याप्प’ नाटक मञ्चन हुने भएको छ । 
नियमित मन्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ‘ब्ल्याक कमेडी’मा आधारित रहेर नेपाली करण गरिएको छ । थिएटर भिलेजमा आबद्द रहि नियमित अभिनय र निर्देशन गरिरहेका दीलिप रानाभाटको निर्देशनमा तयार भएको नाटक असार ३ सम्म नियमित मन्चन हुनेछ ।
आफ्नी प्रेमिकाको बाबू र एउटा धनाढ्य आर्ट कलेक्टरलाई ईम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा समाग्री चोरेर ल्याउँछ । उसको घरमा एक्कासी बत्ती जान्छ । त्यसपछि  नाटकमा जे जति रोमान्चक घटना घट्छन् । ती सबै अँध्यारोमै घट्छन् । यस्तै यस्तै कथा बोकेको छ ।
आजको समाजमा आधुनिकताको खास्टो ओढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसले गर्दा सम्बन्धहरु कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित रहने निर्देशक रानाभाटले बताए ।
मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनीतिको कस्तो भुमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
नाटकमा आयुष्ना गिरी, एच के अधिकारी, प्रशंसा पौडेल, सन्देशले मोटे शाक्य, आयुष्मान प्याकुरेल, प्रस्तुति भट्टराई, श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहनेछ । 
नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन् । उमेश तामाङको प्रकाश रहेको  यो नाटकलाई दिलिप रानाभाट र आलोक लम्सालले अँग्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप