शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिटल मिस हेरिटेज नेपालका लागि १५ प्रतियोगी छानिए

मङ्गलबार, २९ जेठ २०७५, १२ : १९
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं – ‘लिटल मिस हेरिटेज नेपाल १८’का लागि १५ प्रतियोगी छानिएका छन् । जेनिथ इन्टरटेनमेन्टले ईप्लानेट प्रा.लिसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगीतामा पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।

अडिसनमा उपस्थित ३९ प्रतिस्पर्धी सहभागी थिए । छनौट चरणको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, मिस हेरिटेज नेपाल २०१५की नीशा पाठक लगायत निर्णायकमा रहेका थिए ।

‘लिटल मिस हेरिटेज नेपाल २०१८’को विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड किड्स फेस्टिवल २०१८’मा सहभागिता जनाउने आयोजक जेनिथ इन्टरटेनमेन्टका विक्रम सिंह मैनालीले बताए ।

‘वल्र्ड किड्स फेस्टिवल २०१८’ २ अगष्ट देखि ६ सम्म फिलिपिन्समा हुनेछ । इभेन्टका कोरियोग्राफी नीशा पाठकले गर्नेछिन् भने लिटल मिस हेरिटेजको विजेतालाई कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछन् ।
 
प्रतियोगीताको २ गते शनिबार ‘द ग्रीन क्याफे’ तीनकुनेमा दोश्रो अडिसन राखिने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप