केन्द्रीय संस्करण

१७ दिनमा विवाह तोडियो, फिल्मी शैलीमा भयो पुनर्मिलन

person access_timeजेठ २९, २०७५ chat_bubble_outline1

गुल्मी– सोमबार बिहानसम्म रातोपाटी संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि  हार–गुहार गरिरहेका थिए ।

आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए ।

तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको  प्रेम सम्बन्ध  र  दुवै परिवारको  दबाबबारे उनीहरू बोले । त्यही आधारमा रातोपाटीमा समाचार आयो ।

समाचारपछि पनि उनीहरूमाथि दबाब भइरह्यो । तर हार खाएन यो जोडीले । पैसामा उनीहरूलाई छुट्टाउने बीच खैलाबैला भयो । सोमबार भयो उनीहरूको मिलन ।

सुरुमा हामीले घटनाक्रम मात्रै पस्केका थियौँ र जोडीको नाम काल्पानिक राखेका थियौँ, यसअघिको  समाचारमा  । उनीहरूमाथि थप दबाब र सुरक्षा खतरा नहोस् भनेर ।

उनीहरूले वैशाख २९ गते भागी विवाह गरे । १४ दिन भारत बसे । जेठ १३ गते डिभोर्स गराइयो । जेठ २८ गते पुनर्मिलन भयो । यही एक महिनामा उनीहरूको जीवनमा धेरै नै उथलपुथल भयो ।

उनीहरू हुन् गुल्मी दरबार गाउँपालिका ७ चारपालाका २४ वर्षीय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुर्जा परियार ।

उनीहरू  भागी विवाह गरेर भारतमा पुगेको थिए । तर एक महिना नपुग्दै परिवारजनको दबाब यति भयो कि छुटिनु प¥यो । कारण थियो– जातीय विभेद ।

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा पढ्दै थिइन् । त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनीहरूबीच सुरुमा फेसबुकमार्फत चिनजान भएको थियो । उनीहरूको भेट भयो, गएको चैत्र १६ देखि २६ गतेसम्म सम्पन्न तेस्रो गुल्मी महोत्सवमा ।

पहिलो भेटपछि उनीहरूबीच सामीप्यता झन् बढ्यो र दुवैजना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदाबादमा पुगेका उनीहरूलाई छुटाउन परिवारबाटै षडयन्त्र भयो ।

सुरुमा उनीहरूलाई फकाई फुल्याई घर झिकाइयो । उनीहरू ढुक्क हँुदै घर फर्किए ।  यता सुनौली नाकामा अभिभावकहरूले कुरेर बसेका थिए ।

त्यहाँबाट उनीहरूलाई गुल्मीको सदरमुकाम तम्घासस्थित एक होटलमा ल्याएर राखियो । दुई दिनसम्म त्यस होटलमा राखेर खिमका परिवारजनले अत्यन्तै दबाब दिए । त्यसपछि उनी सुर्जासँग छुटिन बाध्य भए ।

तर, सुर्जा छुटिन तयार थिइनन् ।  दुवै पक्षका भद्र भलाद्मी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपूर्ति दिने कबुल भयो । त्यो रकम  खिमका परिवारसँग नहुँदा नहँुदै पनि एक आफन्तमार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिइयो । बाँकी २० हजार पछि दिने सर्त भयो । उनीहरू आआफ्नो बाटो लागे ।

घर पुगेपछि दुवैका परिवारले फोन खोसे । घरबाट निक्लन बन्देज गरे । निगरानीमा राखे । खिमलाई ‘....छोरी ताक्ने’ भन्दै ‘पालग’सम्म भनियो । धामीकहाँसम्म लगियो । त्यही क्रममा खिमले साथीको फोन मागेर रातोपाटी संवादादातासँग सम्पर्क गरे । भने, ‘सुर्जाविना म बाँच्न सक्दिनँ । मलाई जातिपाती मतलव छैन । मेरो घर परिवार त्याग्न सक्छु । सुर्जालाई त्याग्न सक्दिनँ ।’

पटक–पटक फोन आएपछि समाचारदाता खिमले दिएको स्थानमा पुगे । खिम तनावमा थिए । संवादादाताले खिमसँग कुरा गरे । त्यहीँबाट खिमकी आमासँग पनि टेलिफोनमा कुरा गरे । आमाले आफन्तमार्फत पाँच लाख दिएको खुलसा गरिन् ।

रिर्पोटिङ गर्ने स्थानमा तिनै छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे ।  केही युवाहरू जुटिसकेका थिए । खिमलाई  यसै समाचारदातासामु हातपात समेत भयो । त्यसै बखत ती दलित नेता आए । ‘तपाईं यहाँबाट गइहाल्नुस्’ भनेर धम्की पनि दिए संवादातालाई ।   

गुल्मी दरबारमा  साविकको कुनै एउटा गाविस छ  जहाँका युवाहरू कुनै एक राजनीतिक दलको बाहुल्यताको आडमा मनोमानी गर्छन् । त्यही मनोमानी तोड्न चाहन्थे खिम ।

संवादाताकै अगाडि खिममाथि दुव्र्यवहार भयो । उनको फोन खोसियो । 

अर्को दिन खिमले फोन गरेर भने– ‘म बन्द कोठामा छु । मलाई यहाँबाट निकाल्नुस र सुर्जासँग भेट गराउनुुस् ।’

तेस्रो दिन उनी आफै तम्घास आए । करिब आधा घण्टा भिडियोमा उनका कुराहरू रेकर्ड गरियो । त्यतिले मात्र समाचार बन्न सक्दैनथ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो ।  

त्यसको दोस्रो दिन सुर्जाकी आमासँग फोन गरियो ।  सुर्जासँग पनि सम्पकै भयो  ।  सुर्जाले आमाका सामु भनिन्, ‘उसले धोका दियो । अब त्यसका कुरा नगर्नुस्, सकिएको कुरा उल्झाउँदा मलाई थप तनाव हुन्छ ।’

अर्को दिन सुर्जाले आफैले फोन गरिन् । भनिन्–‘दाइ हिजो आमासँगै भएकाले त्यस्तो भनेकी हुँ, म पनि ऊबिना बाँच्न सक्दिनँ, जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस् प्लिज... ।’

जिल्ला प्रहरी कार्यालयमा खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको पाइयो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले नयाँगाउँ प्रहरी चौकीलाई आवश्यक निर्देशन दिएका थिए । त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो ।  उनीहरूले सुर्जा, उनकी आमा र दाजुलाई  सोमबार सदरमुकाम  पठाए ।

 भौतारिँदै रिडीमा रहेका खिमले फोन गरे । उनले भने ‘सर म तम्घास आउँदै छु, कतै नजानु होला ।’

खिम तम्घास आएर फोन गरे । नजिकै होटलमा थिए सुर्जा र खिम । साथमा सुर्जाकी आमा र दाजुलगायत पनि थिए । सुर्जाका अभिभावकसँग बुझ्दा त्यो रकम तिराउने पक्षमा उनीहरू नभएको स्पष्ट पारे ।
वार्ता भयो । पाँच लाख फिर्ता गर्ने सहमति भयो ।

उनीहरू विवाहका लागि मन्दिरभित्र जाने सहमति गरे । त्यसपछि प्रहरी कार्यालयमा पुगे । प्रहरीले विवाह गराउन नमिल्ने भन्दै दुवैलाई अभिभावकको जिम्मा लगायो ।

प्रहरी कार्यालयबाट बाहिर निस्केर तम्घासको भगवती मन्दिर पुगे ।

एक महिनामा एक पटक भागी विवाह र अर्को पटक मन्दिर गएर उनीहरूले विवाह गरे । खिमले सिन्दूर हाले सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराइन् ।

 

जर्बजस्ती छुटाईएका प्रेमजोडी फेरी मिलनका लागि गुहार माग्दै

प्रेम सुनार

प्रेम सुनार रातोपाटीका जिल्ला संवाददाता हुन् ।

कमेन्ट

  1. June 14, 2018, 3:31 p.m. kumar Koirala

    Its a good job that a reporter has done

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X