मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रेवत र लाक्पाको  ‘पानी तालैमा’ पुष्प र सजिनाको रोमान्स (भिडियो)

मङ्गलबार, २९ जेठ २०७५, ०८ : ५१
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं - गायक रेवत राईको पानी तालैमा बोलमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रेवत राई र गायिका लाक्पा शेर्पा लामाको आवाजमा रहेको ‘पानी तालैमा’ गीतको म्युजिक भिडियो राजधानीमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएएको हो ।

राई इज किङ मेघा स्टार राजेश पायल राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको गीतमा वरिष्ठ संगीतकार बसन्त सापकोटाको शब्द रचना तथा संगीत रहेको छ ।

म्युजिक हाईलाईटले निर्माण गरेको भिडियोमा पुष्प खड्का र सजिना लामाको अभिनय छ । 

नेत्र किराँतीले निर्देशन गरेको भिडियोलाई छायांकन र सम्पादन ओम प्रसाईले गरेका हुन्, भने गीतको एरेन्ज साहस शाक्यले गरेका छन् । कार्यक्रममा बोल्दै मेघा स्टार राजेश पायल राईले रेवतको प्रशंसा गरे ।

गीत तथा भिडियो राम्रो बनेको प्रतिक्रिया दिँदै उनले निर्माण टिमलाई बधाई शुभकामना दिए । कार्यक्रममा संगीतकार बसन्त सापकोटाले पनि रेवतको प्रशंसा गरे ।

कार्यक्रममा म्युजिक भिडियोको स्रष्टा, सर्जकलाई मायाको चिनोसमेत प्रदान गरेर सम्मान गरिएको थियो ।

भिडियो हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप