ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

डेली मेल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीतको अभूतपूर्व शिखर बैठक सुरु भइसकेको छ । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका छन् । उक्त भेट ४५ मिनेटदेखि एक घण्टा लामो हुने अनुमान गरिएको छ । दुबै देशका अनुवादक पनि उक्त भेटमा उपस्थित हुनेछन् ।
ट्रम्पले भेटवार्ता अघि पत्रकारसँग कुरा गर्दै किमसँगको भेट एक सम्मान भएको बताएका छन् ।
‘मैले निकै राम्रो महसुस गरिरहेको छु, साँच्चै नै राम्रो,’ उनले भने । ‘हामी छालफल गर्दैछौं र यो अत्यधिक सफल हुन्छ भन्ने मलाई लागिरहेको छ । यो भेटवार्ता अत्यधिक सफल हुनेछ, र यो सम्मान हो । यसमा कुनै शंका छैन ।’
यता किमले अमेरिकी राष्ट्रपतिलाई भने, ‘यहाँ आउनु सजिलो थिएन । पूर्वाग्राह र पुराना परम्पराले हामीलाई अघि बढ्न रोकिरहेको थियो तर हामीले यसमा विजय प्राप्त गरेका छौं ।’
‘हो, यो सत्य हो,’ ट्रम्पले किमसँग हात मिलाउँदै जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप